जय श्री कृष्ण परमेश्वर प्रति सर्मपित
एक कथा
एक जना राजा को चार वटा श्रीमती अर्थात रानी हरु थिए, राजाले एक दिन आफ्नी कान्छी रानी लाई एउटा प्रश्न सोधे , यदि मेरो मृत्यु भएमा तिमी के गछौ ? कान्छी रानी ले सजिलै जवाफ दिन्छिन , तपाईको मृत्यु भएको केही दिन पछि म अर्का सँग विवाह गरि जान्छु किनकी म आर्कषक छु , त्यस्तै प्रश्न साईली रानी लाई सोध्छ , उनको जवाफ म तिम्रो मृत्त शरिर सँग घाट सम्म जान सक्छु , त्यस्तै प्रकारको प्रश्न माईली रानी लाई सोध्छन् उनको जवाफ म तिम्रो मृत्त शरिर सँग चिता सम्म जान सक्छु त्यस्तै प्रश्न जेठि रानी लाई सोध्छन् उनको जवाफमा म तिम्रो लाश सँगै सती जान्छु
अव यि पात्र हरु को हुन ?
कान्छी श्रीमती भनेको धन सम्पती हो जुन हामी मरिसकेपछी अन्य ब्यक्ति सँग सम्बन्धीत हुन्छ । त्यस्तै साईली रानी जुन हामी मर्दा घाट सम्म जान्छन् जुन हाम्रा आफ्न्त ईष्टमित्र हुन त्यस्तै माईली रानी जुन हाम्रो चिता सम्म पुग्छ त्यो हाम्रो शरिर अर्थात देह हो , त्यस्तै जुन पहिलो रानी जो लाश सँगै जाने भनेको हाम्रो आत्मा हो , त्यसैले जेठी रानी अर्थात हाम्रो आत्मा लाई माँया गर्ने जसको लागी धर्मकर्म अर्थात लोभ लालच , हत्या हिँसा का कार्य लाई चटक्कै छाडेर आध्यत्मीक जागरणतिर लाग्नु जरुरी छ ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Youth Voice.