Sunday, July 26, 2020

आफ्नो जिवनकाे महत्व आ- आफ्नै रहेकाे हुन्छ ।

एक समयमा एक जना भक्त मन्दिरमा पुजा गरिरहेको थिए , उनले भगवानलाई पुकार गरिरहेको थियो, जिवनदेखि निराश भई हरेक कुरामा असफलता भएको देखेर उनले भगवानलाई भने  मलाई पृथ्वीमा रहेको कुनै अर्थ रहेन , हरेक जिवनका उकाली ‌ओरालीहरुमा असफलता प्राप्त गरिरहेको छु ,हरेक क्षण दुख: प्राप्त गरिरहेको छु , यसै क्रममा भगवान उपस्थित भई  भक्तसँग भलाकुसारी गर्न थाले त्यसपछी भगवानले एक अर्ति दिदैभन्नुभयो  " प्रिय भक्त मैले एउटा निर्देशन दिन्छु त्यो तिमिले मान्नुपर्दछ ,तिमिले यो रातो  चम्किलो ढुङ्गा लगेर बजारमा यसको मूल्य पक्ता लगाउनुपर्दछ तर तिमिले बेच्न पाउदैन "


Positive Thinking Made Easy: Why and How to Practice the Panacea ...
           
त्यसपछि उसले फलफुल पसलमा गएर पसलेलाई सोध्यो , पसलेले उसलाई भन्यो, १० किलो आँप दिने बचन दियो , उ फेरि आलुपसलेलाई सोधे ,आलुपसलेले १ बोरा आलु सँग साट्ने बचन दियो ,  त्यसतै उ सुन पसलमा गयो र सुन पसलेले आर्कषक पत्थर देखिसकेपछि त्यो व्यक्तिलाई पत्थर ३ लाखमा किन्ने बचन दियो ,अन्तयमा उसले मलाई विक्रिगर्न अनुमति नभएको भनि पसलेलाई भनि बाहिर निक्लियो । त्यसैक्रममा हिरा पसल देख्यो र हिरा पसलेलाई त्यो हिरा देखाई मुल्य सोध्यो ,  हिरा पसलेले भन्यो कहाँ बाट यो आर्कषक पत्थर कहाँ बाट ल्याउनुभयो ?   यो हिरा को मुल्य अथाहा छ यसको मूल्य मैले कुनै मूल्य हालेर खरिद गर्न सक्दैन , त्यसपछि त्यो व्यक्ती सरासर मन्दिर मा गयो र भगवान सँग सविस्तार भन्यो , तव भगवान ले भन्नुभयो

तिमि जिवनदेखि हरेश खाएर आफ्नो कर्तव्यवाट विमुख भई आफुलाई नचिनी जिवनमा पश्चताप गर्नु मुर्ख हो , जसरी विभिन्न व्यक्तीहरुले त्यो पत्थरको मूल्य फरक फरक बताए कसैलाई त्यो अमूल्य लाग्छ कसैलाई तेहि बस्तु कम मुल्य अथवा कम महत्व लाग्छ ,हो त्यस्तै तिम्रो जिवनको महत्व पनि कुनै व्यक्ती हरुलाई अमूल्य अथवा कुनै क्षेत्रमा महत्वपूर्ण लाग्छ त्यसैले तिमि यस्तो क्षेत्रमा लाग जहाँ तिम्रो महत्व छ ।  

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...