Monday, March 23, 2020

Motivation story : खुसि÷सुख कुनै पसलमा किन्नबेच्न सकिन्छ भने संसारका कुनै व्यक्ति दुखि हुदैनथे । तर खुसि स्वयमा आफुमा निहित छ त्यसैले दिलिप ले भन्ने गर्छ खुसि लाई महसुश गर्नुहोस र जिन्दगि जिउनुहोस


कसैले भन्छन्नी खुसि÷सुख कुनै पसलमा किन्नबेच्न सकिन्छ भने संसारका कुनै व्यक्ति दुखि हुदैनथे । तर खुसि स्वयमा आफुमा निहित छ  त्यसैले दिलिप ले भन्ने गर्छ खुसि लाई महसुश गर्नुहोस र जिन्दगि जिउनुहोस । 
एउटा कथा ः
एक जना व्यापारी को व्यापारमा सहयोग गर्नको लागी एकजना कामगर्ने युवक नियुक्ति गरेका थिए, साहुपनि खुसि थियो ,कामदार पनि खुसि थियो ,कामदारको मेहनत र लगनशिलताले गर्दा सबै राम्रै चल्दै थियो । यसैक्रममा  एक दिन त्यो कामदारले अचानक विना जानकारी काममा आएन् तब त्यो साहुजिले सोच्यो कि मैले कामदारको तलब बढाईदिनुप¥यो  जसले गर्दा कामदारले कामप्रति लगनशिल भएर काम गर्दछ , जब कामदार काम मा आयो, साहुजिले सविस्तार तलब बढाईदिने घोषणा गरिदियो , तर कामदारले कुनै परिर्बतन देखाएन्् ,उसले आफ्नो कार्यमा निरन्तर लगनशिल र उहि गतिमा अगाडि बढ्यो । फेरी केहि समयपछि त्यस कामदारले एकदिन विना जानकारी काममा आएन् त्यस पछि त्यस मालिकलाई कर्मचारीप्रति रिस उठ्यो र उसले कर्मचारीको तलब घटाउने निधो गरयो् र  भोलि पल्ट आएपछि कर्मचारीलाई त्यस बारेमा भन्दियो , त्यसको केहि समयपछि उसले घटेको तलब पाँउछ तर त्यस बारेमा केही प्रतिक्रिया देखाँउदैन र उसले आपm्नो कार्यमा पनि कुनै परिर्बतन ल्याउँदैन , उसले कार्यमा निरन्तरता दिईरहन्छ । 
तब यो सबै देखेर मालिकले कर्मचारीलाई सोध्छ , किन तिम्रो तलब बढाउँदा तिमी खुसि भएनौ र तिम्रो तलब घटाउँदा तिमि निराशा भएनौ र काममा कुनै परिर्बतन भएन् 
तब त्यस कर्मचारीले मालिक लाई भन्यो , मालिक म पहिलो विदामा हुदाँ मेरो छोरा जन्मेको थियो , त्यसको प्रतिफलस्वरुप तपाईले तलब बढाईदिनुभयो र मैले भगवानलाई धन्यावाद दिए किनकी मेरो छोराको भाग स्वरुप केहि तलब बढाईदिनुभयो त्यसैले त्यती खुसि भईन् , फेरी अर्को विदा ल्याउनुको कारण मेरो आमा को देहान्त भयो त्यसको फलस्वरुप  तलब घट्यो मैले सोचे भगबानले आमा सँगै आमाको  भाग समेत लगेर जानुभयो , त्यस कारण तलब घट्दा पनि म अविचलित भईन  , त्यो सबै कुरा सुनिसकेपछि मालिक ले कर्मचारीलाई अंगालोमा बेरी धन्याबाद दियो ।
 यस  कथाको सन्देश मानिसको जिबनमा यस्ता माथि तल ,सुख दुख आउँछ , त्यसैले यस्ता खुसिका समयमा मानिस धेरै हर्षित तथा दुखीको समयमा धेरै दुखमा रहनुहुदैन , त्यसैले जिन्दगी जिउँनुको मजा त्यसले पाँउछ जो जुनसुकै परिस्थितीमा पनी कहि कतै अबिचलित भई निरन्तर अगाडि बढिरहन्छ , त्यसैले साथिहरु कोरोना जस्तो महामारीको समयमा पनि आफ्नो मनोबल उच्च राखि निरन्तर जिन्दगी लाई अगाडि बढाईरहनुहोस । 




Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...