Sunday, July 26, 2020

आफ्नो जिवनकाे महत्व आ- आफ्नै रहेकाे हुन्छ ।

एक समयमा एक जना भक्त मन्दिरमा पुजा गरिरहेको थिए , उनले भगवानलाई पुकार गरिरहेको थियो, जिवनदेखि निराश भई हरेक कुरामा असफलता भएको देखेर उनले भगवानलाई भने  मलाई पृथ्वीमा रहेको कुनै अर्थ रहेन , हरेक जिवनका उकाली ‌ओरालीहरुमा असफलता प्राप्त गरिरहेको छु ,हरेक क्षण दुख: प्राप्त गरिरहेको छु , यसै क्रममा भगवान उपस्थित भई  भक्तसँग भलाकुसारी गर्न थाले त्यसपछी भगवानले एक अर्ति दिदैभन्नुभयो  " प्रिय भक्त मैले एउटा निर्देशन दिन्छु त्यो तिमिले मान्नुपर्दछ ,तिमिले यो रातो  चम्किलो ढुङ्गा लगेर बजारमा यसको मूल्य पक्ता लगाउनुपर्दछ तर तिमिले बेच्न पाउदैन "


Positive Thinking Made Easy: Why and How to Practice the Panacea ...
           
त्यसपछि उसले फलफुल पसलमा गएर पसलेलाई सोध्यो , पसलेले उसलाई भन्यो, १० किलो आँप दिने बचन दियो , उ फेरि आलुपसलेलाई सोधे ,आलुपसलेले १ बोरा आलु सँग साट्ने बचन दियो ,  त्यसतै उ सुन पसलमा गयो र सुन पसलेले आर्कषक पत्थर देखिसकेपछि त्यो व्यक्तिलाई पत्थर ३ लाखमा किन्ने बचन दियो ,अन्तयमा उसले मलाई विक्रिगर्न अनुमति नभएको भनि पसलेलाई भनि बाहिर निक्लियो । त्यसैक्रममा हिरा पसल देख्यो र हिरा पसलेलाई त्यो हिरा देखाई मुल्य सोध्यो ,  हिरा पसलेले भन्यो कहाँ बाट यो आर्कषक पत्थर कहाँ बाट ल्याउनुभयो ?   यो हिरा को मुल्य अथाहा छ यसको मूल्य मैले कुनै मूल्य हालेर खरिद गर्न सक्दैन , त्यसपछि त्यो व्यक्ती सरासर मन्दिर मा गयो र भगवान सँग सविस्तार भन्यो , तव भगवान ले भन्नुभयो

तिमि जिवनदेखि हरेश खाएर आफ्नो कर्तव्यवाट विमुख भई आफुलाई नचिनी जिवनमा पश्चताप गर्नु मुर्ख हो , जसरी विभिन्न व्यक्तीहरुले त्यो पत्थरको मूल्य फरक फरक बताए कसैलाई त्यो अमूल्य लाग्छ कसैलाई तेहि बस्तु कम मुल्य अथवा कम महत्व लाग्छ ,हो त्यस्तै तिम्रो जिवनको महत्व पनि कुनै व्यक्ती हरुलाई अमूल्य अथवा कुनै क्षेत्रमा महत्वपूर्ण लाग्छ त्यसैले तिमि यस्तो क्षेत्रमा लाग जहाँ तिम्रो महत्व छ ।  

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

Wednesday, July 22, 2020

जय श्री कृष्ण परमेश्वर प्रति सर्मपित


Shri Krishna said, "Remember these 7 words of mine... I will take ...
जय श्री कृष्ण  परमेश्वर प्रति सर्मपित
एक कथा 
       एक जना राजा को चार  वटा श्रीमती अर्थात रानी हरु थिए,  राजाले एक दिन आफ्नी कान्छी रानी लाई एउटा प्रश्न सोधे , यदि मेरो मृत्यु भएमा तिमी के गछौ ?  कान्छी रानी ले सजिलै जवाफ दिन्छिन , तपाईको मृत्यु भएको केही दिन पछि म  अर्का सँग विवाह गरि जान्छु किनकी म आर्कषक छु , त्यस्तै प्रश्न साईली रानी लाई सोध्छ , उनको जवाफ म तिम्रो मृत्त शरिर सँग घाट सम्म जान सक्छु , त्यस्तै प्रकारको प्रश्न माईली रानी लाई सोध्छन् उनको जवाफ म तिम्रो मृत्त शरिर सँग चिता सम्म जान सक्छु त्यस्तै प्रश्न जेठि रानी लाई सोध्छन् उनको जवाफमा म तिम्रो लाश सँगै  सती जान्छु
अव यि पात्र हरु को हुन ?
       कान्छी श्रीमती भनेको धन सम्पती हो जुन हामी मरिसकेपछी अन्य ब्यक्ति सँग सम्बन्धीत हुन्छ । त्यस्तै साईली रानी जुन हामी मर्दा घाट सम्म जान्छन् जुन हाम्रा आफ्न्त ईष्टमित्र हुन त्यस्तै माईली रानी जुन हाम्रो चिता सम्म पुग्छ त्यो हाम्रो शरिर अर्थात देह हो , त्यस्तै जुन पहिलो रानी जो लाश सँगै जाने भनेको हाम्रो आत्मा हो , त्यसैले जेठी रानी अर्थात हाम्रो आत्मा लाई माँया गर्ने जसको लागी धर्मकर्म अर्थात लोभ लालच , हत्या हिँसा का कार्य लाई चटक्कै छाडेर  आध्यत्मीक जागरणतिर लाग्नु जरुरी छ ।


Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal.  Youth Voice.

Monday, March 23, 2020

Motivation story : खुसि÷सुख कुनै पसलमा किन्नबेच्न सकिन्छ भने संसारका कुनै व्यक्ति दुखि हुदैनथे । तर खुसि स्वयमा आफुमा निहित छ त्यसैले दिलिप ले भन्ने गर्छ खुसि लाई महसुश गर्नुहोस र जिन्दगि जिउनुहोस


कसैले भन्छन्नी खुसि÷सुख कुनै पसलमा किन्नबेच्न सकिन्छ भने संसारका कुनै व्यक्ति दुखि हुदैनथे । तर खुसि स्वयमा आफुमा निहित छ  त्यसैले दिलिप ले भन्ने गर्छ खुसि लाई महसुश गर्नुहोस र जिन्दगि जिउनुहोस । 
एउटा कथा ः
एक जना व्यापारी को व्यापारमा सहयोग गर्नको लागी एकजना कामगर्ने युवक नियुक्ति गरेका थिए, साहुपनि खुसि थियो ,कामदार पनि खुसि थियो ,कामदारको मेहनत र लगनशिलताले गर्दा सबै राम्रै चल्दै थियो । यसैक्रममा  एक दिन त्यो कामदारले अचानक विना जानकारी काममा आएन् तब त्यो साहुजिले सोच्यो कि मैले कामदारको तलब बढाईदिनुप¥यो  जसले गर्दा कामदारले कामप्रति लगनशिल भएर काम गर्दछ , जब कामदार काम मा आयो, साहुजिले सविस्तार तलब बढाईदिने घोषणा गरिदियो , तर कामदारले कुनै परिर्बतन देखाएन्् ,उसले आफ्नो कार्यमा निरन्तर लगनशिल र उहि गतिमा अगाडि बढ्यो । फेरी केहि समयपछि त्यस कामदारले एकदिन विना जानकारी काममा आएन् त्यस पछि त्यस मालिकलाई कर्मचारीप्रति रिस उठ्यो र उसले कर्मचारीको तलब घटाउने निधो गरयो् र  भोलि पल्ट आएपछि कर्मचारीलाई त्यस बारेमा भन्दियो , त्यसको केहि समयपछि उसले घटेको तलब पाँउछ तर त्यस बारेमा केही प्रतिक्रिया देखाँउदैन र उसले आपm्नो कार्यमा पनि कुनै परिर्बतन ल्याउँदैन , उसले कार्यमा निरन्तरता दिईरहन्छ । 
तब यो सबै देखेर मालिकले कर्मचारीलाई सोध्छ , किन तिम्रो तलब बढाउँदा तिमी खुसि भएनौ र तिम्रो तलब घटाउँदा तिमि निराशा भएनौ र काममा कुनै परिर्बतन भएन् 
तब त्यस कर्मचारीले मालिक लाई भन्यो , मालिक म पहिलो विदामा हुदाँ मेरो छोरा जन्मेको थियो , त्यसको प्रतिफलस्वरुप तपाईले तलब बढाईदिनुभयो र मैले भगवानलाई धन्यावाद दिए किनकी मेरो छोराको भाग स्वरुप केहि तलब बढाईदिनुभयो त्यसैले त्यती खुसि भईन् , फेरी अर्को विदा ल्याउनुको कारण मेरो आमा को देहान्त भयो त्यसको फलस्वरुप  तलब घट्यो मैले सोचे भगबानले आमा सँगै आमाको  भाग समेत लगेर जानुभयो , त्यस कारण तलब घट्दा पनि म अविचलित भईन  , त्यो सबै कुरा सुनिसकेपछि मालिक ले कर्मचारीलाई अंगालोमा बेरी धन्याबाद दियो ।
 यस  कथाको सन्देश मानिसको जिबनमा यस्ता माथि तल ,सुख दुख आउँछ , त्यसैले यस्ता खुसिका समयमा मानिस धेरै हर्षित तथा दुखीको समयमा धेरै दुखमा रहनुहुदैन , त्यसैले जिन्दगी जिउँनुको मजा त्यसले पाँउछ जो जुनसुकै परिस्थितीमा पनी कहि कतै अबिचलित भई निरन्तर अगाडि बढिरहन्छ , त्यसैले साथिहरु कोरोना जस्तो महामारीको समयमा पनि आफ्नो मनोबल उच्च राखि निरन्तर जिन्दगी लाई अगाडि बढाईरहनुहोस । 




Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...