Monday, August 14, 2017

जागिर खोज्दै हुनुहुन्छ? www.froxjob.com मा जानुहोस्


दाङका २७ वर्षीय नवीन आचार्यले पहिलो श्रेणीमा एमबीए (मास्टर अफ बिजनेस एडमिनिसट्रसन) पास गरेको एक वर्ष भयो। हाल काठमाडौंको विजुलीबजारमा डेरा लिएर बस्दै आएका आचार्यले ठानेका थिए काठमाडौँमा बसेर ‘मास्टर’ गरिसकेपछि त आफूले भने जस्तै जागिर पाइन्छ।
पूर्वाञ्चल विश्वविद्यालयले उनलाई ‘मास्टर डिग्री’ को सर्टिफिकेट दिएको दिन उनी दङ्ग थिए।
‘अब उप्रान्त घरबाट पैसा पठाउनु नपर्ने भयो बरू पहिलो महिनाको तलब आएपछि जेनतेन अलिकति भए पनि बचाएर पहिलो कमाई घरै पठाउन सके त कस्तो हुन्थ्यो होला’ सोचिसकेका थिए उनले।
तर उनले सोचेजस्तो केही भएन।
हातमा बायोडाटा बोकेर उनी आवेदन मागेका लगभग सबै बैंकमा पुगे। अन्य धेरै एनजिओ, आइएनजिओ, निजी कम्पनीहरु कहाँ पुगे। तर सबै परीक्षा पास गरेर पनि सधैं मौखिक परीक्षामा पन्छ्याइए।
पन्छ्याइनुको दोष उनी स्वयम्‌लाई दिन्छन्। उनी भन्छन्, ‘नेपालमा जागिर पाउन त प्राप्त गरेको अंकले होइन रहेछ, क्षमताले पनि होइन, पहुँच, जसको कुनै नाता पर्ने आफन्त माथि छैन र जबसम्म उसले मेरो मान्छे हो भनेर सिफारिस गर्दैनन् तबसम्म म जस्तो मान्छे जसको कोहि आफन्त माथिल्लो निकायमा छैनन् उनीहरुलाई जागिर पाउन त असाध्यै गाह्रो रहेछ।’
जागिर पाउन नातावाद नै चाहिने लागेपछि उनले जागिर खाने आस मारिसकेका रहेछन्।
तर त्यो उनको निराशामा आशा दिलाएको छ राजधानीमा जारी पहिलो अन्तर्राष्ट्रिय ‘जब एण्ड करियर फेयर’ मेला।
उनले यसै मेलामा एक कम्पनीमा आफ्नो बायोडाटा बुझाए। मौखिक अन्तर्वार्ता दिए। उनको योग्यतालाई प्रशासन फाँटमा उचित हुने भन्दै मेला सकिएपछि फोन गर्ने तथा भेट्ने भनी सो कम्पनीले उनलाई प्रतिवद्धता जनाएको छ।
उनी जागिर पाइने कुरामा निकै आशावादी छन् र यो नोलौ प्रकारको ‘प्ल्याटफर्म’ प्रति कृतज्ञ पनि छन्।
राजधानीको भृकुटीमण्डमा शुक्रबारदेखि जारी दुई दिने रोजगार तथा करियर मेलाले आचार्यको मात्र होइन धेरैको आशा जगाइदिएको छ। मेलाले सात सय जनालाई रोजगारीका लागि छनोट गर्दैछ।
भारतको आसाम डाउनटाउन विश्वविद्यालयको मूख्य आयोजना तथा नेपालका पिक्सन इन्जिन्यरिङ सोलुसन र लक्ष्मी एजुकेसन कन्सलटेन्सीको सह­आयोजनामा भृकुटीमण्डपमा जारी मेलाले रोजगारको खोजीमा रहेका युवा तथा रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क गराईदिएको छ।
मेलामा नेपालका १६ तथा भारतका दुई ‘कर्पोरेट हाउस’ ले यसै मेलार्फत बायोडाटा बुझाएका र अन्तर्वावार्ता दिएका करिब सात सय जनालाई रोजगारी दिन लागेको आयोजक कमिटिका सदस्य मध्येका एक तथा पिक्सन इन्जिन्यरिङ सोलुसनका प्रबन्धक निर्देशक विनय श्रेष्ठले बताए।
उनले पढाई पुरा गरेपछि जागिरको खोजीमा भौँतारिरहेका युवा तथा आफूलाई चाहिए जस्तो उम्मेदवार नपाइरहेका रोजदारदाता कम्पनीहरुलाई एकै ठाउँमा ल्याइपुर्‍याइदिने पुलको काम मेलाले गरेको बताए।
उनले भने, ‘विदेशतिर धेरै हुने यस्तो खालको कार्यक्रम हाम्रोमा हालसम्म भएको थिएन। विभिन्न रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेको युवा दुबैलाई एकै स्थानमा ल्याउने तथा योग्यता पुगेका उमेदद्धारहरुलाई जागिर समेत दिलाउने यो खालको मेलाको दुबै पक्षलाई उत्तिकै मह्त्व छ।’
उनले हरेक वर्ष दक्ष जनशक्ति उत्पादन हुने तर रोजगारी सिर्जना सो अनुपातमा भने नगन्य रहेको अवस्थामा केही स्वदेशी तथा विदेशी कम्पनीहरुसँग छलफल गरी यो मेला आयोजना गरिएको जनाए।
कसरी पाइन्छ त जागिर?
श्रेष्ठका अनुसार मेलामा १२ कक्षादेखि स्नाकोत्तर उर्तिण भएका जो कसैले पनि बिना कुनै शुल्क प्रवेश पाउने छन्। त्यसपश्चात उनीहरुले आफ्नो नाम ठेगाना दर्ता गर्नुपर्नेछ र आफूसँगै ल्याएको सिभी (बायोडाटा) त्यसै मेलामा रहेको www.froxjob.com को स्टलमा बुझाउने छन्।
त्यसपछि उनीहरुलाई अन्तर्वार्तामा कसरी प्रस्तुत हुँदा हाउभाउ कस्तो हुने, कसरी बोल्ने तथा उनीहरुको रुचि अनुसार आउँदो दिनमा समेत कस्तो जागिरका लागि कहाँ र कसरी आवेदन दिन सकिन्छ भनेर परामर्श दिइन्छ।
यत्तिन्जेलसम्म अघि www.froxjob.com मा बुझाइएको सिभीको अध्ययन गरी स्टलमा रहेका रोजगारदाता मध्ये कुनमा पठाउने र कुन जागिरको लागि योग्य हो भनेर सिफारिस गर्ने व्यवस्था आयोजकले गर्छ।
त्यसपछि रोजगारीका लागि आवेदन दिएका उमेदद्धारले सिफारिस गरिएको कम्पनीको स्टलमा गएर प्रतिनिधिसमक्ष अन्तर्वार्ता दिनेछन्। अन्तर्वार्तामा आवेदनकर्ताले दिएको जागिरका लागि उसको योग्याता पुगेका उसलाई पहिले आशय पत्र (लेटर अफ इन्टेन्ट’ प्रदान गर्नेछ। यसरी आशय पत्र प्रदान गरिएका मध्ये कम्पनीलाई आवश्यक संख्याको छनोट गरी तीनलाई जागिर दिइनेछ।
मेलामा रिसेप्सनिस्ट, हाउसकिपर, ओभरसिर्यर, इन्जिन्यरिङ, मार्केटिङ, एकाउण्टिङ, व्यवस्थापन लगायतका विविध क्षेत्रमा रोजगारीको अवसर प्रदान गर्नेछ।
मेलामा रोजगारदाताका रुपमा केडिया समूह, डिस होम, क्लासिक टेक, सिप्रदी ट्रेडिङ प्रा.लि., हुण्डाई मोटर्स, पञ्चकन्या ग्रुप, सुविसु केवल टेक प्रालि लगायतको सहभागी छ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...