Saturday, August 12, 2017

उत्तर कोरियाद्वारा अमेरिकाको चार शहरमा एकैपटक शक्तिशाली आणविक बम हमला

 Image result for north korea danger kim jong
उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमका कारण उत्पन्न संकट खतरनाक स्तरमा पुगेको छ । पछिल्ला चार दशकदेखि उत्तर कोरियालाई उसको आणविक कार्यक्रम रद्द गर्न सम्झाउने कोसिस जारी छ । यस्तो पहिल्यैदेखि लागिरहेको थियो कि उत्तर कोरिया परमाणु हतियार तथा मिसाइल क्षमता हासिल गर्ने धुनमा छ । उत्तर कोरियाको साथमा कति क्षमता छ भन्ने थाहा पाउन असम्भव छ । उत्तर कोरियाले दाबी गरेको छ, उसका साथमा यस्ता मिसाइल छन्, जसको लक्ष्य अमेरिका रहेको छ । उत्तर कोरियाका हालैका दुई परीक्षणबाट पश्चिमी देशले पनि उसको दाबीमा सत्यता रहेको स्विकार्न थालेका छन् । जोनाथन मार्कस जापान सरकारले हालै सुरक्षासित जोडिएको एक श्वेतपत्र जारी गरेको छ । यसमा यस विषयलाई स्वीकार गरिएको छ कि उत्तर कोरियासित पहिल्यैदेखि ससाना परमाणु हतियार छन्, यिनलाई लामो दूरीको मिसाइलमा जडान गर्न सकिन्छ ।
उता अमेरिकी अधिकारीको भनाइअनुसार पनि उत्तर कोरियाले साना परमाणु हतियार विकसित गरेको छ, जसलाई लामो दूरीको मिसाइलमा जडान गर्न सकिन्छ । तर, यसको बाबजुद पनि यो प्रस्ट छैन कि उत्तर कोरियाको साथमा परमाणु हतियार छ कि छैन ? यद्यपि उत्तर कोरियाले परीक्षणको दाबी भने गरेको छ । अब उत्तर कोरियाले एक सक्रिय लामो दूरीको परमाणु क्षमता हासिल गरेको विषयमा कुनै शंका रहेन, अब उसले यसको प्रयोग कहिले गर्छ ? त्यो भने अबका केही वर्षमा प्रस्ट हुनेछ । उत्तर कोरियाको अवस्था तथा अमेरिकामा डोनाल्ड ट्रम्प बन्नु एक संयोग हो । ट्रम्प ह्वाइट हाउस पुग्नु इतिहासको दुर्घटना हो । यस संयोगका कारण उत्तर कोरियाको परमाणु संकटलाई थप खतरनाक बनाइदिएको छ । यसमा अमेरिकी राष्ट्रपतिको कोलाहलपूर्ण विदेश नीतिको झलक पनि देख्न सकिन्छ ।
उत्तर कोरियामाथि ट्रम्पको ट्विट उनको अनुभवहीनता, स्याल हुइँया तथा धम्कीलाई प्रस्ट रूपमा अनुभव गर्न सकिन्छ । ट्रम्पको यस रबैयाबाट चिन्ता थप बढेको छ । उत्तर कोरियाली नेता किम जोङ उनलाई पश्चिम अप्रत्यासित तथा अनियन्त्रित रूपमा हेर्ने गर्छ ? अब त ट्रम्पलाई पनि त्यही रूपमा संसारले हेर्न थालेको छ । अमेरिकाका एक पूर्वरक्षामन्त्रीले ट्रम्पको व्याख्या गर्दै ‘चिनिएका अपरिचित’ भनेका छन् । कसैलाई कुनै अत्तोपत्ता हुँदैन, ट्रम्पले कस्ता प्रतिक्रिया दिन्छन् । यस्तोमा अवस्था झनै खतरनाक बन्ने गर्छ । यसका साथै, यो पनि लाग्छ कि उनी ध्यान केन्द्रित गरिरहेका छन्, तर कमसेकम चीनमाथि चाहिँ होइन । प्रस्ट छ, कैयौँ यस्ता क्षेत्र छन्, जहाँ थाहा पनि हुँदैन कि अमेरिकाको वास्तविक नीति के हो ? जटिल कूटनीतिमा सन्देशको स्पष्टताको निकै ठूलो महत्व हुन्छ । यस्तोमा यो प्रश्न उठ्छ कि अमेरिकी विदेश नीतिको वास्तविक प्रतिनिधि को हो ? के अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन उत्तर कोरियाली संकटमा आफ्नो भूमिका सही रूपमा निभाइरहेका छन् ? अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियासित कुराकानीको सम्भावना पनि व्यक्त गरिसकेका छन् । के ट्रम्पको ट्विटबाट यस्तो लाग्छ कि उत्तर कोरियामाथि दबाब धेरै बढिरहेको छ? यतिखेर ट्रम्प प्रशासन कैयौँ मोर्चामा नीतिगत संकटसित जुधिरहेको छ । खासगरी चीन, दक्षिण कोरिया तथा जापानका लागि ट्रम्प प्रशासनको कुनै स्पष्ट नीति छैन । अमेरिकाले कुनै न कुनै तरिकाबाट उत्तर कोरियाको सामना गर्नु छ । यसमा कुनै शंका छैन कि उत्तर कोरिया संकटमा स्थिति निकै नाजुक बनिसकेको छ । उत्तर कोरिया नरोकिनुको अर्थ ऊ छिटै अमेरिकामाथि परामाणु आक्रमणका लागि सक्षम हुनेछ भन्ने हो ।
यतिखेर ट्रम्प प्रशासन कैयौँ मोर्चामा नीतिगत संकटसित जुधिरहेको छ । खासगरी चीन, दक्षिण कोरिया तथा जापानका लागि ट्रम्प प्रशासनको कुनै स्पष्ट नीति छैन । अमेरिकाले कुनै न कुनै तरिकाबाट उत्तर कोरियाको सामना गर्नु छ ।
यसका कैयौँ विकल्प हुन सक्छन्, प्रतिबन्धलाई थप बढाउनु, यस क्षेत्रमा सैनिकको उपस्थितिलाई थप बलियो बनाउनु तथा आवश्यक परे युद्धका लागि पनि तयार रहनु । अर्को शब्दमा भन्ने हो भने उत्तर कोरियामा सत्ता परिवर्तनविना समस्या समाधान सम्भव छैन । कोरियाली प्रायद्वीपमा एक महायुद्ध र चीनको उपस्थिति एक निकै ठूलो घटनाक्रम हो, जसलाई परिणाम दिनु त्यति सजिलो छैन ।
एउटा अर्को उपाय उत्तर कोरियालाई नियन्त्रणमा राख्नु पनि हुन सक्छ । पछिल्लो साता संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध एक व्यापार प्रतिबन्ध लगाएको थियो । यद्यपि, प्रतिबन्धको माध्यमबाट उत्तर कोरियालाई नियन्त्रणमा राख्नु सहज छैन । उसलाई निन्त्रणमा राख्ने प्रक्रियामा भिडन्त हुने आशंका निहित छ ।
प्रस्ट छ, यहाँ कूटनीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । तर, समस्या यो छ कि उत्तर कोरियाको टेक्निकल विकास जारी छ र ट्रम्प प्रशासनमा अनिश्चितताको माहोल छ । यसपटक राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि जुन प्रतिबन्ध लगाएको छ, त्यसलाई रुस र चीनले पनि समर्थन गरेका छन् । चीनले पनि भनेको छ उत्तर कोरियाले परमाणु तथा मिसाइल कार्यक्रम रोकोस् ।
उत्तर कोरिया संकटलाई कूटनीतिको माध्यमबाट हल गर्ने सम्भावना कुन हदसम्म छ भन्नेमा पर्याप्त आशंका छ किनकि, विगतमा पनि यो प्रयास सफल भएको थिएन ।
उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमका कारण उत्पन्न संकट खतरनाक स्तरमा पुगेको छ । पछिल्ला चार दशकदेखि उत्तर कोरियालाई उसको आणविक कार्यक्रम रद्द गर्न सम्झाउने कोसिस जारी छ । यस्तो पहिल्यैदेखि लागिरहेको थियो कि उत्तर कोरिया परमाणु हतियार तथा मिसाइल क्षमता हासिल गर्ने धुनमा छ । उत्तर कोरियाको साथमा कति क्षमता छ भन्ने थाहा पाउन असम्भव छ । उत्तर कोरियाले दाबी गरेको छ, उसका साथमा यस्ता मिसाइल छन्, जसको लक्ष्य अमेरिका रहेको छ । उत्तर कोरियाका हालैका दुई परीक्षणबाट पश्चिमी देशले पनि उसको दाबीमा सत्यता रहेको स्विकार्न थालेका छन् । जोनाथन मार्कस जापान सरकारले हालै सुरक्षासित जोडिएको एक श्वेतपत्र जारी गरेको छ । यसमा यस विषयलाई स्वीकार गरिएको छ कि उत्तर कोरियासित पहिल्यैदेखि ससाना परमाणु हतियार छन्, यिनलाई लामो दूरीको मिसाइलमा जडान गर्न सकिन्छ ।
उता अमेरिकी अधिकारीको भनाइअनुसार पनि उत्तर कोरियाले साना परमाणु हतियार विकसित गरेको छ, जसलाई लामो दूरीको मिसाइलमा जडान गर्न सकिन्छ । तर, यसको बाबजुद पनि यो प्रस्ट छैन कि उत्तर कोरियाको साथमा परमाणु हतियार छ कि छैन ? यद्यपि उत्तर कोरियाले परीक्षणको दाबी भने गरेको छ । अब उत्तर कोरियाले एक सक्रिय लामो दूरीको परमाणु क्षमता हासिल गरेको विषयमा कुनै शंका रहेन, अब उसले यसको प्रयोग कहिले गर्छ ? त्यो भने अबका केही वर्षमा प्रस्ट हुनेछ । उत्तर कोरियाको अवस्था तथा अमेरिकामा डोनाल्ड ट्रम्प बन्नु एक संयोग हो । ट्रम्प ह्वाइट हाउस पुग्नु इतिहासको दुर्घटना हो । यस संयोगका कारण उत्तर कोरियाको परमाणु संकटलाई थप खतरनाक बनाइदिएको छ । यसमा अमेरिकी राष्ट्रपतिको कोलाहलपूर्ण विदेश नीतिको झलक पनि देख्न सकिन्छ ।
(मार्कस बिबिसी हिन्दीका कूटनीतिक संवाददाता हुन्)
बिबिसी हिन्दी डट कमबाट

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...