
श्रीरामचरितमानस’को अनुसार जब श्रीरामलाई बनवास मिल्यो र राजा दशरथले देह त्याग गरे, तब अयोध्याको राजपाठ भरतले नै सम्हाल्नुपर्ने भयो। तर आफ्नो दाई श्रीराम हुँदाहुँदै भरतलाई राजा हुने कुनै इच्छा थिएन। यदि उनले चाहेकै भएपनि आफ्नो बल र शक्ति प्रयोग गरेर सजिलैसित राजा बन्न सक्थे, तर उनले यसो गरेनन्।
उनी आफ्ना दाजु श्रीरामलाई अयोध्या
फर्किनको लागि मनाउन सारा सेना र पुरै कुटुम्बलाई लिएर चित्रकूट पुगे। तर
धर्मको प्रतीक श्रीरामले अयोध्या फर्किन मानेनन्। त्यसैले भरतले श्रीरामको
चप्पल आफूसँग लिएर अयोध्या फर्किए। सिंहासनमा श्रीरामको चप्पल राखेर उनले
१४ वर्षसम्म श्रीरामको प्रतिनिधित्वमा राज्य चलाए। त्यतिबेलासम्म उनको मनमा
कहिल्यै पनि राज्यको लोभ र लालसा जागेन।
भरतसँग शक्ति थियो, तर उनले त्यसको
कहिल्यै पनि दुरुपयोग गरेनन्। यसै कारणले नै उनलाई सबै अयोध्या बासीहरूले
मन पराए, राजा भएर पनि उनको मनमा अहंकार थिएन, घमण्ड थिएन। सँधै आफ्ना
जनताको हितप्रति उनी समर्पीत थिए। त्यसैले त भरतलाई रामकथाको सबैभन्दा
निर्दोष, निश्चल र निष्ठावान पात्रको रूपमा मानिन्छ। भरतको सफलताको शुत्र
नै यहि थियो।
रामायणको यो सानो प्रसङ्गबाट हामीले धेरै
कुराहरू सिक्न सक्छौँ। पहिलो कुरा त हामीले आफ्नो योग्यता र अधिकारको
सीमालाई कहिल्यै नाघ्नुहुँदैन। सबैको आ-आफ्नै शक्ति र क्षमता हुन्छ, अनि
सबैको आ-आफ्नै कर्तव्य हुन्छ। कर्तव्यपरायण भएर आफ्नो उचित अधिकारको प्रयोग
गरी जीवनमा अगाडि बढ्न सक्यौँ भने मात्रै सफलताको पथमा पुग्न सक्छौँ।
No comments:
Post a Comment