Saturday, August 12, 2017

व्यक्तिका लागि फेसबुक प्रोफाइल, ब्रान्डका लागि पेज

 
फेसबुकमा पाँच हजार साथी पुगे अब आफ्नो "पेज" बनाउँछु भनेर हिजोआज धेरै साथीहरु तम्सिएको देखेकोछु । तपाईलाई थाहा नहुन सक्छ, तर हिजोआज प्रायजसो व्यक्तिगत 'पेज'को जरुरतलाई 'प्रोफाइल'ले नै पुरा गरिदिन्छ ।  तपाईको प्रोफाइल तपाई आफैँले मात्र चलाउनुहुन्छ भने, तपाईको लागि 'फेसबुक पेज' खर्चिलो र झन्झटिलो मात्र हुनजान्छ । तर तपाईको 'सोसल मिडिया' उपस्थिति म्यानेज गर्ने टिम नै छ भने, पेज सही विकल्प हुनसक्छ ।

जस्तो एउटा उदाहरण हेरौँ: यदि तपाईंले पेज पनि बनाउनु भयो र उक्त पेज आफैँले म्यानेज गर्नुपर्छ भने सोच्नुस्, तपाईका फलोअरहरु दुई तिर बाँडिनेछन् पेज र प्रोफाइलमा । दुबैमा अपडेट दिनुपर्यो, कतिपय प्रसंगमा त एउटै कुरा दुई तिर पोष्ट गर्नुपर्छ। फेरि दुईटैमा नियमित हुनुपर्यो। दुबैमा आएका, कमेन्ट र म्यासेज पनि हेर्नुपर्यो । यस हिसाबले मात्रै पनि एउटा कामको लागि समय दोब्बर लाग्छ । अर्को कुरा, तपाईको आफ्नै प्रोफाइललाई पेजमा परिवर्तन गर्नुभयो भने पनि, तपाईका सबै डाटाहरु मेटिन्छन् ।

आफ्ना चिनेका साथीहरुको सर्कल दुई तिन सयको हाराहारीमा छ र अरु धेरै साथीहरु नबनाइ आफूलाई एउटा "व्रान्ड"  या भनौँ "पब्लिक फिगर"को रुपमा अगाडि बढाउन चाहनुहुन्छ भने पेज उत्तम विकल्प हुनसक्छ, तपाईसँग समय छ भने । यदि हैन भने, आफ्नै प्रोफाइलबाट नै पेजको झैँ सुविधा लिनसक्नुहुन्छ । फेसबुक प्रोफाइल नै तपाईलाई परिचित गराउन, धेरै साथीहरु माझमा पुग्न काफी छ। यसको लागि हामीले "फलो" अप्सन अन गर्नुपर्छ, यति गरिसकेपछि हामीले गरेका पब्लिक पोष्टहरु फलो गर्ने व्यक्तिहरुले सजिलै हेर्नसक्छन्। फेसबुकमा सजिलै आफ्ना प्रत्येक पोष्टहरुको "प्राइभेसी" सेट गर्न मिल्छ।



फेसबुकको 'सेटिङ'बाट फलोअर ट्याबमा गएर 'फलो अप्सन' अन गर्न सकिन्छ, त्यसपछि तपाईको कुराहरु सुन्न मनपराउने, वा कनेक्ट हुनखोज्नेहरुले तपाईको प्रोफाइलमा देखिने  'फलो' बटन क्लिक गरेर, तपाईका पब्लिक अपडेटहरु देख्न र पढ्न पाउँछन्, सेटिङ्स अनुसार कमेन्ट पनि गर्नसक्छन् ।

फेसबुक पेजका पोष्टहरुको 'भिजिविलिटि' कम हुँदै गएको अनि फेक लाइकहरुले सताएको परिस्थितिमा व्यक्तिको लागि पेज भन्दा प्रोफाइल नै ठिक छ ।

फेसबुकले सन् २०११ मा नै 'सब्सक्राइब' फिचर सार्वजनिक गरेकोथियो। पछि यही फिचरलाई फेसबुकले 'फलो'मा परिवर्तन गरिदियो । ट्विटरमा जस्तै फेसबुकमा पनि आफूलाई मन परेको व्यक्तिलाई सजिलै फलो गर्न सकिन्छ, साथी नबनिकनै । जस्तो मैले न्युयोर्क टाइम्सका प्रविधि तथा 'बिट्स ब्लग" तथा ट्विटरको इतिहास - ह्याचिङ ट्विटरका लेखक निक विल्टनलाई फेसबुकमा फलो गरेकोछु ।



अनि सर्च इन्जिनका खबरहरु दिने वा भनौँ सोसल मिडिया तथा 'एसइओ'सँग सम्बन्धित खबरहरु पस्कने  'सर्चइन्जिनल्यान्ड'का सम्पादकलाई पनि फलो गरेकोछु । कसलाई 'लाइक' गर्ने, कसलाई 'फलो' गर्ने भन्नेकुरा आफ्नो 'इन्ट्रेस्ट'मा भर पर्छ


विल्टन  र सुलिभानको फेसबुक प्रोफाइल हेरिसकेपछि, फेसबुक प्रोफाइल नै ठिक रहेछ भनेर म झनै विश्वस्त भएको हुँ ।(आकार अनिल जी को ब्लग बाट)

पूनश्च: माथि लेखिएका कुराहरु सबैको हकमा भने लागू हुँदैन, उदाहरणका लागि हरिवंश आचार्य आदिका फेसबुक पेजलाई लिनसकिन्छ । साथै व्यक्तिबाहेक अन्यको हकमा 'पेज' नै बनाउनु उपयुक्त हुन्छ ।  यसबारेमा तपाईलाई केही भन्नुछ भने, कमेन्टमा लेख्नुहोला ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...