हेमराज डांगी, तुलसीपुर
२८-असार / अविरल वर्षापछि आएको वाढी प्रभावितहरुको उद्दारका लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तत्काल पहल लिएका छन् ।
उनले
विहानैदेखि पीडितका घरमा पुगेर उनीहरुलाई उद्दारका लागि पहल गर्नुका साथै
उनीहरुको अवस्था पनि वुझेका छन् । तुलसीपुर उपमहानगरपालिका १३ फुलवारीमा
वाढीका कारण जान नसकिएपनि अन्य प्रभावित ठाउँमा भने आफै पुगेर उनले उद्दार
कार्यलाई तिव्रता दिएका छन् ।
फुलवारीमा
ज्यान गुमाएकी महिलाप्रति दुख व्यक्त गर्दै मेयर पाण्डेले तत्काल त्यस
ठाउँमा उद्दार टोली परिचालन गरिसकेको वताएका छन् । साथै पीडितका लागि राहत
घोषणा गन पनि वताएका छन् । यसका साथै जोखिमपुर्ण अवस्थामा रहेका वाढी
पीडितहरुका समस्या फोनबाटै व्यक्त गर्नका लागि उनले सार्वजनिक अपील गरेका
छन् ।
उनले आफ्नो
९८५७८२३८८५ र कार्यकारी अधिकृत टोपेन्द्र केसीको ९८५७८२९१११ नम्वरमा फोन
गर्नका लागि आह्वान गरेका हुन् । ‘फोनबाट विभिन्न ठाउँको जानकारी प्राप्त
भइसकेको छ, आवश्यकता अनुसार तत्काल उद्दार पनि भइरहेको छ’ पाण्डेले भने ।
मेयर
घनश्याम पाण्डे, उपमेयर माया आचार्य, वडा नम्बर ६ का वडा अध्यक्ष नबराज
लामिछाने, ११ का अध्यक्ष चित्रबहादुर ओलि लगाएतले बाढी प्रभावित क्षेत्रको
अवलोकन गरेका छन । मेयेर र उपमेय र बाढी प्रभावित क्षेत्र उपमहानगरपालिका
११ मोतिपुर पुग्दा त्य् हा का स्थानियले राहतको मह्सुस गरेका थिए ।
No comments:
Post a Comment