Monday, August 14, 2017

श्रीकृष्णसँग राधाले ‘हामी बिहे गरौँ’ भन्दा श्रीकृष्णले दिएका थिए यस्ताे अनाैठाे जवाफ…

 
कुशल श्रेष्ठ
नदीकै बन्धनमा बाँधिएर पनि जसरी दुई किनाराको कहिल्यै मिलन हुन सक्दैन, त्यसरी नै महाभारतका महानायक श्रीकृष्ण र उनकी राधाको पनि कहिल्यै मिलन हुन सकेन। कारण स्पष्ट थियो- श्रीकृष्ण त स्वयं नारायण थिए र नारायण कहिल्यै पनि एकजनाको हुन सक्दैन। नारायण त सबैको हो र सबै नारायणकै हो।

तथापी, यो कुरा राधाले नबुझेकी पनि थिइनन्। जब कृष्णलाई आफ्ना मामा मथुरा नरेश कंशले निमन्त्रणा गरे, तब नन्दगाउँका सबै गोपिनीहरूले कृष्णलाई नन्दगाउँ छोडेर नजान आग्रह गरेका थिए। स्वयं कृष्णकै माताले पनि अलापविलाप गरेकी थिइन् र भगवानसँग प्रार्थना गरेकी थिइन् कि उनको प्यारो पुत्र मखनचोर आफूलाई छोडेर कतै नजाओस्।
तर, नन्दगाउँका सबैजना मध्ये एकजना थिइन्- राधा जसले कृष्णको बाटो छेक्ने प्रयत्न गरिनन्। जब उनकी सखीहरूले सोधे कि कृष्ण त तिम्रो लागि प्राणभन्दा प्यारो थियो भने किन उसको बाटो छेक्दैनौँ, तब राधाले भनिन् कि ‘जो पवनसरी फैलिएको छ, जो पानीसरी बगेको छ, उसको बाटो म कसरी छेक्न सक्छु? मैले छेक्दैमा के पवन रोक्किन्छ र? के पानी बग्न छोड्छ र? जसरी पवन सबैको हो, पानी सबैको हो, त्यसरी नै कृष्ण पनि सबैको हो।”
यस्तो ज्ञानगुनको कुरा गर्ने राधाले पनि एकचोटि श्रीकृष्णसँगको बिछोडदेखि भयभित भएर कृष्णसँग विवाह गर्ने प्रस्ताव राखिन्। तब श्रीकृष्णले मुस्कुराउँदै भने- “हे राधे! विवाहको लागि त दुई व्यक्तिको आवश्यकता पर्दछ- एक वर र अर्को वधु! तर, हामी त एक हौँ, हाम्रो विवाह कसरी हुन सक्छ?”

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...