Saturday, August 12, 2017

डा. केसीका समर्थकले केपी ओलीको घर घेरे, प्रचण्डको पनि घेर्ने तयारी

 – डाक्टर गोविन्द केसीका माग पुरा गर्न दबाब दिँदै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट घेराउ गरेका छन् ।
२० दिनदेखि अनसनमा बसेका डाक्टर केसीका माग पूरा गर्न शीर्ष नेताहरुले नै चासो नदिएको  भन्दै सोलिडारिटी फर डाक्टर गोविन्द केसी, विवेकशील साझा पार्टीलगायतका संघसंस्थाले ओली निवास वालकोट घेरेका हुन् । ओली निवासबाहिर चर्को नाराबाजीसहित प्रदर्शन भएको विवेकशील साझा पार्टीका मिलन पाण्डेले जानकारी दिनुभयो । 
ओली भने हावाबाट निकालिएको विजुलीको उद्घाटन गर्न मुस्ताङ जानुभएको छ । डाक्टर केसीका माग पूरा गर्न दवाव दिँदै आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाट घेराउको तयारी भैरहेको पनि आयोजकले जनाएको छ ।
  

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...