३०
साउन, काठमाडौं । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती
कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनु पर्ने अवस्था छ । तर, यहाँ भएका
पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् ।

नेपालगन्जका अभयकुमार टन्डन पाइलट हुन तर
अहिले उनी पेट्रोलपम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय
अभयले ६० लाख रुपैयाँ खर्च गरे ।
सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले
अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न
परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी
नागरिक उड्डयन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले
जहाज उडाउन पाएनन् ।
प्रारम्भिक शिक्षा नेपालगन्जबाट लिएका
अभयले सेन्ट जोसेफ कलेज तैनीतालबाट कक्षा १० र टेगोर इन्टरनेसनल स्कुल न्यू
दिल्लीबाट १२ कक्षा पास गरे । न्यू दिल्लीमै केही समय काम गरेर पाइलट पढ्न
अस्ट्रेलिया गए । उनले पाइलट कोर्स सकेर नेपाल आउँदा निजी क्षेत्रका यती र
बुद्ध मात्रै सञ्चालनमा थिए । अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कंदा
नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स बन्द प्रायः थियो । ‘जागिरको खोजीमा
लागेँ, तर पाइनँ,’ अभय भन्छन्, ‘नेपाल एयरलाइन्स बन्द थियो । बुद्ध र यतीमा
जागिर पाइएन ।’ मागभन्दा धेरै पाइलट भएकाले जागिर नपाएको टन्डनको भनाइ छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.
No comments:
Post a Comment