Monday, August 14, 2017

मुलुकभर टेलिकमको एसएमएस निःशुल्क

मुलुकभर टेलिकमको एसएमएस निःशुल्क
काठमाडौं :  नेपाल टेलिकमले बाढी प्रभावित स्थितिलाई ध्यानमा राख्दै मुलुकभर एसएमएस नि:शुल्क गरेको छ। यो सुविधा आइतबारदेखिनै कार्यान्वयनमा आएको छ। मुलुकभर टेलिकम प्रयोगकर्ताले एसएमएस पठाउँदा शुल्क तिर्नुपर्दैन, नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्।

संचारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका जनतालार्इ सूचनाको सहज पहुँचका लागि एसएमएस नि:शुल्क गरिएको बताए।

टेलिकमले साउन ३१ गते मंगलबारसम्म एसमएस नि:शुल्क गरेको हो। बाढी प्रभावित क्षेत्रमा बिजुली अवरुद्ध छ भने त्यहाँ रहेका सबै पसलहरु पनि डुबेका छन्। यो आपतकालीन अवस्थालार्इ ध्यानमा राखेर टेलिकमले एसएमएस सेवा नि:शुल्क गरेको हो। अघिल्लो वर्ष भूकम्प जाँदा टेलिकमले केही दिनसम्म डेटा र भ्वाइस दुबै नि:शुल्क गरेको थियो।
  Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...