Saturday, August 12, 2017

विद्यालयलाई शान्ति क्षेत्रका साथै राजनिति मुक्त गरानुपर्छ

 विद्यालयलाई शान्ति क्षेत्रका साथै राजनिति मुक्त गरानुपर्छ

तुलसीपुर,
१६-साउन / सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै जानुमा राजनिति हस्तक्षप र व्यवस्थापनको अभाव रहेको सरोकारवालाहरुले बताएका छन् ।  तुलसीपुर उपमहानगरपालिकाले सोमवार सार्वजनिक शिक्षामा सुधारका लागि सरोकारवालहरुको भुमिका र स्थानीय तहको निति कार्यक्रम र बजेट वारे आयोजना गरेको वृहत गोष्ठीमा सहभागीहरुले सो कुरा बताएका हुन ।
दाङका ८४ बढी सामुदायिक विद्यालय तथा निजि विद्यालयहरुका प्रधानाध्यापक, व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षा कार्यालय र जनप्रतितिधिहरु सम्मेलीत गोष्ठीमा सहभागीहरुले विद्यालयलाई शान्ति क्षेत्र घोषणा, राजनितिक आडमा हुने शिक्षक नियूक्त र पहुँचका भरमा हुने बजेट बाडफाटले गर्दा शिक्षामा सुधार हुन नसकेको बताएका थिए ।
दाङका निजि विद्यालयमा ९० प्रतिसत विद्यार्थी उत्तीण हुने र सामुदायिक विद्यालयमा १७ प्रतिसत मात्र विद्यार्थी उत्तीण हुने गरेको सो अवसरमा जानकारी गराएको थियो । त्यसैगरी व्यवास्थापन समितिका मुक्तिप्रसाद न्यौपानेले विद्यालयको भौतिक सुधार र शिक्षक र अभिभावकको भुमिका राम्रो भएमामात्र शैक्षिक सुधार हुने बताए । त्यसैगरी प्यावसन दाङका उपाध्यक्ष मधुसुदन केसीले आफुहरुले निजि क्षेत्रको लगानिमा शैक्षिक गुणस्तर बढाउन लागेका भन्दै राज्यका निकायहरुले विभेद गरेको बताए कार्यक्रममा एनप्यावसनका उपाध्यक्ष विमल गौतमले अनुगन मुल्याङकन नहुदा र दरवन्दी मिलान नहुदा सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था खस्कदै गएको भन्दै निजि र सामुदायिक विद्यालयको सहकार्य हुनुपर्ने बताए । उनले पछिल्लो समयमा हुन लागेको शिक्षक दरवन्दी मिलानमा पनि समस्या देखिएको भन्दै शिक्षामा राजनिति गर्न नहुने बताए ।
गोष्ठीमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनस्याम पाण्डेले दाङमा पाँच बर्ष भित्र सार्वजनिक शिक्षामा गुणस्तर सुधार गरी सत प्रतिसत नतिजा आउने गराउने दावि गरे । सार्वजनिक शिक्षामा आमुल सुधारका लागि हाम्रो योजना हुनेछ त्यसमा सवैले सहयोग गर्नुपर्छ उनले भने ।
तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको अध्यक्षता भएको गोष्ठीमा शिक्षकहरु अशोक कुमार श्रेष्ठ, मदनकुमार शर्मा, पदमप्रसाद न्यौपाने, भागवत पौडेल,गिरीराज लम्साल, वडा नं ६ का वडा अध्यक्ष नवराज लामिछानलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यालय निरीक्षक विष्णु केसीले गरेकी थिइन् । सो आवसरमा सामुदायी पुस्तकालयको वारेमा दुर्गेश योगीले प्रकाश पारेका थिए भने सामुदायिक विद्यालयको सुधार र नेपालका विभिन्न क्षेत्रमा भएका सुधार बारे टिच नेपालका प्रतिनिधिले सहभागीहरुर्ला जानकारी गराएका थिए ।



Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...