Wednesday, August 16, 2017

अब प्राथमिक उपचारको जानकारी मोबाइल एपमार्फत

आकस्मिक रुपमा हृदयघात हुन लाग्यो, कसरी पहिचान गर्ने ? तत्काल कसरी जोगिन सकिन्छ? यी र यस्तै विभिन्न उपचारका प्रश्नका प्राथमिक उपचारका खोजी गर्दै अमेरिकन रेडक्रशको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रश सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेशन एप सार्वजनिक गरेको छ।
 एपमा एलर्जी/एनाफिलाक्सिस्क, दमको रोग, रक्तश्राप, हाड भाँचिएको, पोलाइ, मधुमेह, घाँटीमा केही अड्किँदा कसरी व्यवस्थापन गर्ने, तनाव, टाउकोलगायत शरीरका अन्य भागमा लागेका सामान्य चोटपटक, अत्याधिक कठ्यांग्रिँदा कसरी जोगिने, छारेरोग, मेनिन्जाइटिस, बेहोस, मस्तिष्कघात, डसेका अथवा टोकेको घाउलगायतका विषय समेत समेटिएका छन्।
साथै भूकम्प, आगलागी, बाढी, फ्लुका प्रकोप, तातो हावा, डढेलोजस्ता तत्काल विपद्को समयमा आकस्मिक रुपमा कसरी आफूलाई सामना तथा प्रतिरोध गर्नसक्ने बनाउने भन्ने विषयमा पनि सो एप्लिकेशनमा जानकारी रहेको छ।
प्राथमिक उपचार नेपाल रेडक्रश एप्लिकेशन डाउनलोड गरेपछि बिना इन्टरनेट पनि पढ्न, हेर्ने र सुन्न सकिने सोसाइटीले जनाएको छ।
सो एप्लिकेशनमा प्राथमिक उपचार, यसका प्रशिक्षणका विधि, विपद् प्रतिरोध, जोगिने उपाय, रक्तदान, विपद्का समयमा उद्धार, खोजमा जुट्न, सोसाइटीका मानवीय सेवालगायत क्षेत्रका बारेमा पनि जानकारी राखिएको छ।
घरघरमा प्राथमिक उपचार, यसको ज्ञान र सीप प्रवद्र्धन गर्न नेपाली भाषामा एप्लिकेशन तयार गरिएको जानकारी सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले दिए। उनले भने, ‘अहिले आम जनताका हातहातमा मोवाइल फोन छ, एकपटक यसलाई डाउनलोड गरी राखेकामा आकस्मिक विपद्का समयमा जोखिमसँग लड्न र प्राथमिक उपचार गर्न कोशेढुङ्गाको रुपमा काम गर्छ।’
हालै हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सो एप्लिकेशनको शुभारम्भ गरेका थिए। उनहरुले विपद्का समयमा सोसाइटीले मानवीय सेवाका क्षेत्रमा गरेका कामको प्रशंसा गरेका थिए।
सोसाइटीका अध्यक्ष सञ्जीव थापाले मानवीय सेवामा तल्लीन सोसाइटीको कामलाई अझ छिटो र चुस्त बनाउन एप्सले सहयोग गर्ने विश्वास व्यक्त गरे। रासस

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

भगवान श्रीकृष्णको १० प्रेरक बचनः कसरी रहने सुखी र सफल ?




वास्तवमै भगवान श्रीकृष्ण थिए वा त्यो कुनै चरित्रको रचना गरिएको थियो ? यसमा अनेकन तर्क छन् । यद्यपी सबैले स्विकारेको के भने, श्रीकृष्ण एक यस्तो पात्र हुन् जो अनुसरणिय छन् । नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका भगवान श्रीकृष्णलाई उत्तिकै रसिक एवं रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिन्छ । समग्रमा उनी यस्तो आदर्श हुन्, जसममा जीवनको मुलभूत सार समेटिएको छ ।
भगवान श्रीकृष्णलाई प्रेरक पनि मानिन्छ । उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यदि वास्तवमै जीवनलाई सफल, सुखी र खुसी बनाउन चाहने हो भने, भगवान श्रीकृष्णको यी बिचार मननयोग्य हुनसक्छ ।
१. जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ ।
२. मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता निर्वाह गरौ ।
३. अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्दि्रत गर्न सिकौ ।
४. समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ ।
५. मानिस दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ ।
६. कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार (सिद्धान्त) विकसित गर्नुहोस् ।
७. कुनैपनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ ।
८. गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै कुरा सिकाइरहेको हुन्छ ।
९. मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन । मित्रतामा सर्तको कुनै स्थान हुँदैन ।
१०. राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ । र, विना कारण अरुसँग डराउनु आवश्यक छैन ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

जान्नैपर्ने जीवन-मन्त्र, जसले सधै स्वस्थ्य, जवान र तन्दुरुस्त बनाउँछ




डा. हेमराज कोइराला




हामी चाहन्छौं, रोगको शिकार हुन नपरोस् । उमेरमै बुढो हुन नपरोस् । कमजोर, शक्तिहिन र थकित हुन नपरोस् । सधै जवान, स्वस्थ्य, निरोगी, तन्दुरुस्त, फूर्तिलो, हँसिलो, रसिलो हुन पाइयोस् ।
यसका लागि कामना गरेर मात्र पुग्दैन, जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ ।
स्वस्थ्य जीवनशैलीका लागि स्वस्थ्य दिनचर्या आवश्यक हुन्छ । स्वस्थ्य जीवनशैलीका लागि स्वस्थ्य खानपान आवश्यक हुन्छ । स्वस्थ्य जीवनशैलीका लागि, स्वस्थ्य सोंच एवं विचार आवश्यक हुन्छ । भनाई नै छ, स्वस्थ्य आहार, बिहार र बिचार नै उत्कृष्ट जीवनको मन्त्र हो ।
स्वस्थ्य, निरोगी, खुसी हुनका लागि अरु केहि गर्न पर्दैन, आफ्नो दिनचर्यामा थोरै फेरबदल गरे पुग्छ । सन्तुलित खानपानमा ध्यान दिए पुग्छ । र, आत्मा अनुशासन कायम गरे पुग्छ ।
१. राती चाडो सुत्ने र बिहान ब्रम्हमूर्हुतमा (सूर्योदय हुन ९६ मिनेट अघि र सूर्यादयसम्मको समय) उठ्ने गरौ । उठ्नसाथ एक लिटर जति मनतातो पानी पिउने गरौं ।
२. प्रतिदिन एक घण्टा नियमित व्यायम गर्ने गरौं ।
३. खुला तथा ताजा हावा भएको ठाँउमा एक घण्टा टहल्ने गरौं ।
४. ठोस भोजन दैनिक दुई छाक मात्र होस् । वेलुकीको भोजनमा अन्नको मात्रा कम होस् ।
५. विहान वेलुकी कम्तिमा २० मिनेट प्रार्थना, पूजा, जप तप, ध्यान जस्ता एकान्तवासको अभ्यास गरौं ।
६. दैनिक तीन/चार लिटर पानी पिउने वानी बसालौं । पानीले शरीरका विशाक्त तत्वहरुलाई निकाल्न मद्दत गर्छ ।
७. भोजन ग्रहण गर्दा स्वादमा होइन, स्वास्थ्यमा ध्यान दिनुपर्छ । स्वस्थ्यकर भोजन कम स्वदिष्ट हुन सक्छ तर स्वस्थ्य रक्षाको लागि भोजन स्वस्थ्यकर नै हुनुपर्छ ।
८. खाना खाँदा पेटको आधा भाग अन्नले र एक चौथाइ भाग तरल पदार्थले भरियोस् । वाँकी एक चौथाइ भाग वायु संचरणका लागि खाली छाड्नुपर्छ ।
९. शान्तिपूर्वक खुव चपाइ-चपाइ गर्ने गरौं । चपाएर टुक्रयाएको खानले पाचन यन्त्रलाई अतिरित्त दवाव दिदैन । फलत पेट तथा आन्द्रहारु मजबुद हुन्छ ।
१० धेरै तातो वा चिसो पादार्थ खाने, हतारमा खाने वा पिउने, समयमा भोजन नगर्ने वा भोकै नलागी भोजन गर्ने वानी अस्वस्थ्यकर हो ।
११. सधै शान्त र प्रशन्न रहने अभ्यास गरौ । डर, चिन्ता र उदासिनता जस्ता मानसिक दोषलाई प्रश्रय नदिऔं । तनावमा परेकाहरुले यसको व्यवस्थापन गरौं ।
१२ हप्ताको एक पटक कमसेकम पुरै शरीरको मालिस गराउन पर्छ । अभ्याङ्ग मालिस, थाईलेण्डे मालिस, जापानिज शियात्सु मालिस तेल मालिस, अकुप्रेसर जस्ता मालिस पद्धतीहरु अपनाउँदा शरीरमा स्फूर्ति वढ्छ ।
१३. स्टीम वाथ, साउना वाथ, हृवीर्लपुल वाथ (ज्याकुजी), जस्ता स्नान विधीले छालामा रहेका पसिनाग्रन्थीहरुको रोकावट खोली दिएर बिजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्छ । यि उपचारहरु पनि हप्ताको एक पटक आवश्य गरौं ।
१४. शरीर सोधनका यौगिक क्रियाहरु जस्तै, जलनेती, कुन्जल, एनिमा, शंखप्रक्क्षालन, द्यौती जस्ता सोधन विधीहरु हप्तामा एक पटक  गरौं । यसले शरीरको आन्तरिक स्वच्छतालाई कायम राख्छ ।
१५. परिवारवारका सदस्यहरुका साथ रहने गरौं । यसले एक्लोपन घटाउनुका साथै आत्मावल वढाउँछ ।

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

बोलेको कुरा स्वतः टाइप हुने गुगल सेवा अब नेपालीमा पनि

 के तपार्इ आफूले बोलेको कुरा स्वतः टाइप होस् भन्ने सोच्नुहुन्छ ? यदि त्यस्तो सोच्नुभएको थियो भने अब नेपाली भाषामै यो सेवा उपलब्ध भइसकेको छ ।

गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर, नेपालीमा थिएन ।
गुगल एन्ड्रोइड किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुनेछ । कुनै म्यासेज लेख्न वा सोसल मिडियामा अपडेट गर्ने स्टाटस लेख्न टाइप गर्ने झण्झट गरिराख्नु पर्दैन ।
गुगलले सोमबार थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई पनि यो सुविधा उपलब्ध भएको छ । अब तपाइले बोलेको कुरा टाइप गर्न, बोलेर कुनै कुरा गुगलमै खोज्न सजिलो भएको छ । अब यो सेवा बिश्वका ११९ भाषामा उपलब्ध छ ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

बाजुरा : जहाँ डाक्टरले नै बिमारी बोकेर अस्पताल लिनुपर्छ !!!


बाजुरा, साउन ३२ ।

दुर्गम जिल्लामा रहेर सेवा गर्ने डाक्टरले बिरामीको उपचारका लागि केसम्म गर्नुपर्छ ? त्यसैको एउटा साक्षी तस्बिर हो यो । बिरामी बचाउन आफ्नो ज्ञान-सीपको प्रयोग गरेर मात्रै पुग्दैन, परिआउँदा बाहुबलको प्रयोग पनि गर्नुपर्छ । यो तस्बिरमा डाक्टर बिरामीलाई उपचार होइन, बोक्ने काम गरिरहेका छन् । डाक्टर हुन्, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख रुपचन्द्र विश्वकर्मा।

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

Monday, August 14, 2017

यी हुन् विश्वकै महँगा ५ मोटरसाइकल


विश्वमा धेरै महँगा मोटरसाइकल उत्पादन भएका छन्। मोटरसाइकलको डिजाइन, आवरण, प्रविधि, विशेषता र निर्माण प्रक्रिया अनुसार यिनीहरुको मूल्य निर्धारण हुँदै आएको छ। यस्ता मोटरसाइकल धनी देशका सडकमा पनि विरलै देखिन्छन्।
यस्तो महँगा मोटरसाइकल कुन हुन् त?
१. इकोस इफ टीआइः ३ करोड ५ लाख रुपैयाँ

२.ब्रिटिश क्लासिक ब्ल्याकः ४ करोड ६ लाख रुपैयाँ

३.गोल्ड प्लेटेड कस्टम चपरः ५ करोड ८८ लाख रुपैयाँ

४.अल्ट्रा रेयर पर्कुपाइनः ७ करोड ६३ लाख रुपैयाँ

५.हार्ले डेभिडसनः १० करोड २० लाख रुपैयाँ

(अन्तर्राष्ट्रिय समाचारमाध्यमको सहयोगमा सेटोपाटी बाट)
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

के हो एयरब्याग? दुर्घटनामा यसले ज्यान कसरी बचाउँछ?


नेपालमा सवारी साधन चलाउँदा सुरक्षामा ध्यान नदिनाले धेरैले अकालमै ज्यान गुमाएक छन्।
गाडी खरिद गर्दा धेरैले मूल्य, माइलेज र बनोटको कुरामा ध्यान दिए पनि निकै कमले मात्र सुरक्षा (सेफ्टी)को बारेका सुक्ष्म अध्ययन गर्छन्।
हाम्रो जस्तो मुलुकमा गाडी खरिद गर्नुनै धेरैको लागि एउटा सपना सरह कुरा हो। तर, गाडी खरिद गर्दा ध्यान दिनुपर्ने कुरामा ध्यान नदिँदा हामीले धेरै जोखिम मोलिरहेका छौं।
पछिल्लो समय गाडी खरिद गर्न अउने करिa ९९ प्रतिशत ग्राहकले यस्तो सेफ्टी फिर्चसको बारेमा ध्यान दिने गरेको लक्ष्मी हुण्डाइ इन्टरकन्टिनेन्टल प्रालीका सिनियर ब्राण्ड म्यानेजर आवाशिस ओझाले जानकारी दिए।
‘२००६/२००७ तिर ग्राहकहरुले गाडी किन्दा पावर विन्डो, एसी आदि फिचर्सको बारेमा मात्र सोध्थे भने अहिलेका ग्राहकहरु एयर ब्याग, एन्टी–लक ब्रेकिङ सिस्टम (एबिएस) आदिको बारेमा निकै सजक भएका छन्’ ओझाले सेतोपाटीसँग भने।
दुर्घटना भनेको कसैले चाहेर हुँदैन र यो सधै अफ्नो गल्तीले मात्र पनि हुँदैन। त्यसैले दुर्घटना हुनुभन्दा पहिलेनै हामी त्यसको लागि तयार रहनुपर्छ।
एयर ब्याग गाडीको एक महत्वपूर्ण सेफ्टि फिचर हो। पछिल्लो समय अटोमोवाइल कम्पनीहरुले यसमा निकै ध्यान दिइरहेका छन्।
कसरी काम गर्छ त एयर ब्यागले ?
 एयर ब्याग कटनले बनेको बेलुन हो जो दुर्घटना हुने वित्तिकै फुल्छ र प्यासेन्जरलाई चोटपटक लाग्नबाट जोगाउँछ।
गाडीको दुर्घटना हुने बित्तिकै अगाडि भएको सेन्सरले प्रति माइक्रो सेकेन्ड प्रेसर काउन्ट गरेर आवस्यक भएको खण्डमा एयर ब्याग निकाल्छ।
सेन्सरको सिग्नल पछि एयर ब्यागमा केमिकल रियाक्सन हुन्छ जसले गर्दा नाइट्रोजन ग्यास एक सेकेण्डको दश गुणा भन्दा पनि कम समयमा भरिन्छ र प्यासेन्जर त्यो एयर ब्यागमा ठोकिन्छन् र चोट लाग्न पाउँदैन।
प्यासेन्जर जब एयर ब्यागमा ठोकिएर पछाडि धकेलिन्छन् तब तत्काल त्यो एयरब्याग फेरि सुक्छ। यसरी एयर ब्यागले गाडी दुर्घटना पर्दा प्यासेन्जरको टाउको र घाँटी जोगाउन धेरै मद्धत गर्छ।
एयर ब्याग छ भन्दैमा सिटबेल्ट नलगाउने भने होइन। सिट बेल्ट र एयर ब्यागको छुट्टा छुट्टै काम हो।
कसरी भयो यसको सुरूवात?
गाडीमा पहिलोपटक जनरल मोटर्सले सन् १९७० एयर ब्याग प्रयोग गरेका थियो। सन् १९८० पछि यसको ब्यवसायीक रुपमा ब्यापक प्रयोग भएको पाइन्छ। चालकको सुरक्षाको लागि प्रयोगमा ल्याइएको एयरब्याग प्रभावकारी भएपछि अटोमोवाइल कम्पनीहरुले एउटैमा १० वटासम्म प्रयोग गरेको पाइन्छ। विकसित देशहरुमा अधिकांश साना सवारीसाधनहरुमा एयरब्याग प्रयोग अनिवार्य भए पनि नेपालमा यसको माग र प्रयोग बढ्दो रहेको ब्यवसायीहरु भनाइ छ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

जागिर खोज्दै हुनुहुन्छ? www.froxjob.com मा जानुहोस्


दाङका २७ वर्षीय नवीन आचार्यले पहिलो श्रेणीमा एमबीए (मास्टर अफ बिजनेस एडमिनिसट्रसन) पास गरेको एक वर्ष भयो। हाल काठमाडौंको विजुलीबजारमा डेरा लिएर बस्दै आएका आचार्यले ठानेका थिए काठमाडौँमा बसेर ‘मास्टर’ गरिसकेपछि त आफूले भने जस्तै जागिर पाइन्छ।
पूर्वाञ्चल विश्वविद्यालयले उनलाई ‘मास्टर डिग्री’ को सर्टिफिकेट दिएको दिन उनी दङ्ग थिए।
‘अब उप्रान्त घरबाट पैसा पठाउनु नपर्ने भयो बरू पहिलो महिनाको तलब आएपछि जेनतेन अलिकति भए पनि बचाएर पहिलो कमाई घरै पठाउन सके त कस्तो हुन्थ्यो होला’ सोचिसकेका थिए उनले।
तर उनले सोचेजस्तो केही भएन।
हातमा बायोडाटा बोकेर उनी आवेदन मागेका लगभग सबै बैंकमा पुगे। अन्य धेरै एनजिओ, आइएनजिओ, निजी कम्पनीहरु कहाँ पुगे। तर सबै परीक्षा पास गरेर पनि सधैं मौखिक परीक्षामा पन्छ्याइए।
पन्छ्याइनुको दोष उनी स्वयम्‌लाई दिन्छन्। उनी भन्छन्, ‘नेपालमा जागिर पाउन त प्राप्त गरेको अंकले होइन रहेछ, क्षमताले पनि होइन, पहुँच, जसको कुनै नाता पर्ने आफन्त माथि छैन र जबसम्म उसले मेरो मान्छे हो भनेर सिफारिस गर्दैनन् तबसम्म म जस्तो मान्छे जसको कोहि आफन्त माथिल्लो निकायमा छैनन् उनीहरुलाई जागिर पाउन त असाध्यै गाह्रो रहेछ।’
जागिर पाउन नातावाद नै चाहिने लागेपछि उनले जागिर खाने आस मारिसकेका रहेछन्।
तर त्यो उनको निराशामा आशा दिलाएको छ राजधानीमा जारी पहिलो अन्तर्राष्ट्रिय ‘जब एण्ड करियर फेयर’ मेला।
उनले यसै मेलामा एक कम्पनीमा आफ्नो बायोडाटा बुझाए। मौखिक अन्तर्वार्ता दिए। उनको योग्यतालाई प्रशासन फाँटमा उचित हुने भन्दै मेला सकिएपछि फोन गर्ने तथा भेट्ने भनी सो कम्पनीले उनलाई प्रतिवद्धता जनाएको छ।
उनी जागिर पाइने कुरामा निकै आशावादी छन् र यो नोलौ प्रकारको ‘प्ल्याटफर्म’ प्रति कृतज्ञ पनि छन्।
राजधानीको भृकुटीमण्डमा शुक्रबारदेखि जारी दुई दिने रोजगार तथा करियर मेलाले आचार्यको मात्र होइन धेरैको आशा जगाइदिएको छ। मेलाले सात सय जनालाई रोजगारीका लागि छनोट गर्दैछ।
भारतको आसाम डाउनटाउन विश्वविद्यालयको मूख्य आयोजना तथा नेपालका पिक्सन इन्जिन्यरिङ सोलुसन र लक्ष्मी एजुकेसन कन्सलटेन्सीको सह­आयोजनामा भृकुटीमण्डपमा जारी मेलाले रोजगारको खोजीमा रहेका युवा तथा रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क गराईदिएको छ।
मेलामा नेपालका १६ तथा भारतका दुई ‘कर्पोरेट हाउस’ ले यसै मेलार्फत बायोडाटा बुझाएका र अन्तर्वावार्ता दिएका करिब सात सय जनालाई रोजगारी दिन लागेको आयोजक कमिटिका सदस्य मध्येका एक तथा पिक्सन इन्जिन्यरिङ सोलुसनका प्रबन्धक निर्देशक विनय श्रेष्ठले बताए।
उनले पढाई पुरा गरेपछि जागिरको खोजीमा भौँतारिरहेका युवा तथा आफूलाई चाहिए जस्तो उम्मेदवार नपाइरहेका रोजदारदाता कम्पनीहरुलाई एकै ठाउँमा ल्याइपुर्‍याइदिने पुलको काम मेलाले गरेको बताए।
उनले भने, ‘विदेशतिर धेरै हुने यस्तो खालको कार्यक्रम हाम्रोमा हालसम्म भएको थिएन। विभिन्न रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेको युवा दुबैलाई एकै स्थानमा ल्याउने तथा योग्यता पुगेका उमेदद्धारहरुलाई जागिर समेत दिलाउने यो खालको मेलाको दुबै पक्षलाई उत्तिकै मह्त्व छ।’
उनले हरेक वर्ष दक्ष जनशक्ति उत्पादन हुने तर रोजगारी सिर्जना सो अनुपातमा भने नगन्य रहेको अवस्थामा केही स्वदेशी तथा विदेशी कम्पनीहरुसँग छलफल गरी यो मेला आयोजना गरिएको जनाए।
कसरी पाइन्छ त जागिर?
श्रेष्ठका अनुसार मेलामा १२ कक्षादेखि स्नाकोत्तर उर्तिण भएका जो कसैले पनि बिना कुनै शुल्क प्रवेश पाउने छन्। त्यसपश्चात उनीहरुले आफ्नो नाम ठेगाना दर्ता गर्नुपर्नेछ र आफूसँगै ल्याएको सिभी (बायोडाटा) त्यसै मेलामा रहेको www.froxjob.com को स्टलमा बुझाउने छन्।
त्यसपछि उनीहरुलाई अन्तर्वार्तामा कसरी प्रस्तुत हुँदा हाउभाउ कस्तो हुने, कसरी बोल्ने तथा उनीहरुको रुचि अनुसार आउँदो दिनमा समेत कस्तो जागिरका लागि कहाँ र कसरी आवेदन दिन सकिन्छ भनेर परामर्श दिइन्छ।
यत्तिन्जेलसम्म अघि www.froxjob.com मा बुझाइएको सिभीको अध्ययन गरी स्टलमा रहेका रोजगारदाता मध्ये कुनमा पठाउने र कुन जागिरको लागि योग्य हो भनेर सिफारिस गर्ने व्यवस्था आयोजकले गर्छ।
त्यसपछि रोजगारीका लागि आवेदन दिएका उमेदद्धारले सिफारिस गरिएको कम्पनीको स्टलमा गएर प्रतिनिधिसमक्ष अन्तर्वार्ता दिनेछन्। अन्तर्वार्तामा आवेदनकर्ताले दिएको जागिरका लागि उसको योग्याता पुगेका उसलाई पहिले आशय पत्र (लेटर अफ इन्टेन्ट’ प्रदान गर्नेछ। यसरी आशय पत्र प्रदान गरिएका मध्ये कम्पनीलाई आवश्यक संख्याको छनोट गरी तीनलाई जागिर दिइनेछ।
मेलामा रिसेप्सनिस्ट, हाउसकिपर, ओभरसिर्यर, इन्जिन्यरिङ, मार्केटिङ, एकाउण्टिङ, व्यवस्थापन लगायतका विविध क्षेत्रमा रोजगारीको अवसर प्रदान गर्नेछ।
मेलामा रोजगारदाताका रुपमा केडिया समूह, डिस होम, क्लासिक टेक, सिप्रदी ट्रेडिङ प्रा.लि., हुण्डाई मोटर्स, पञ्चकन्या ग्रुप, सुविसु केवल टेक प्रालि लगायतको सहभागी छ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

तराई मधेस डुबाएर आनन्द लिएको भारतलाई लाग्यो ठूलो झट्का’

भारतले विहार जोगाउन कोशी बाँधका ढोका नखोलेर नेपाल डुबाएपनि कोशीले भारतको विहारमा अझ धेरै विध्वंश मच्चाएको छ । अहिले बाढीका कारण विहारमा झनै दर्दनाक पीडा रहेको छ ।
नेपाल डुबाएर बिहार लाई सकुशल राख्ने भारतको चाहना लाई कोशीले लात हानेको छ। त्यहाँ पाप धुरी बाट कराउछ भन्ने उक्ती लागु भएको छ। अहिले विहारमा बाढीको चपेटामा १० लाख मानिस रहेका छन् ।
अहिले विहारका मुख्यमन्त्री नीतीश कुमार हवाई यात्रामा निस्किएका छन् । पछिल्लो २४ घण्टामा यति धेरै वर्ष भयो कि विहारका कुनैपनि गाउँ यस्तो नहोला कि जहाँ बाढीले नडुबाएको होस् । विहारका कैयौं जिल्लाका गाउँहरु बाढीमा डुबेका छन् ।
त्यहाँको मौसम विभागले अझै चार दिन त्यहाँ उच्च पानी पर्ने जनाएको छ । दरभंगा, मोतिहारी, सीतमढी तथा शिवहर अररिया, किशनगंज जिल्लाका अधिकांश गाउँ डुबेको छ ।
अहिले कम्मरसम्म पानीले डुबाएका सीमा सुरक्षा बल एसएसपीका जवानहरु सीमाको सुरक्षा गरिरहेको तस्वीर एविपी न्यूजले देखाएको छ ।खोला छाडेर सडकमा उर्लिएको पानीको भेलका कारण विहारमा कैंयौं मानिसहरु जोखिमपूर्ण जीवन विताईरहेका छन् । कोशीको बाँध खोलौ बिहार बगाउछ नखोलौ बिहार अझै डुब्छ भन्ने चिन्ताले भारत थलिएको छ। –
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

प्रचण्डकि छोरी भरतपुरकी मेयर रेणु दाहालले गरिन विद्यार्थीसहित ४ सय जनाकाे हेलिकाेप्टरबाट उद्धार

renu_dahal
- महानगरकाे इतिहासमै पहिलाे मेयर बन्न सफल भरतपुर महानगरकी मेयर तथा माअाेवादी केन्द्रकी नेतृ रेणु दाहालाके सक्रियतामा भरतपुरबाट ४ सय जनाकाे हेलिकाेप्टरबाट उद्धार भएकाे छ ।
अविरल वर्षाका कारण अाएकाे बाढी पहिराेका कारण चितवन डुबानमा परेसँगै उद्धारमा जुटिरहेकी दाहालले स्थिति धेरै नाजुक हुनुका साथै ज्यान जाेगाउन गाह्राे भएपछि हेलिकाेप्टर मगाएर विद्यार्थीसँगै ४ सयजनाकाे उद्धार गरेकी हुन् । उद्धारका लागि उनलार्इ गृहमन्त्री जनार्दन शर्माले सहयाेग गरेका हुन् ।
एक साताअघि मात्रै भरतपुरकी मेयर बनेकी उनले त्यहाँ राहत पुर्याउने, सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने लगायतकाक काम गरिरहेकी छिन् । उद्धारका लागि उनले महानगरका सबै स्राेत परिचालन गरेकी छिन् ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

फेरि आयो दु:खद खबर, गुडिरहेको बस माथी पहिरो ४८ जनाको मृत्यु ५ जनाको उद्धार (भारत)

काठमाडौं , ३० साउन
गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जनाको मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेशको मन्डि जिल्लामा बसमाथि पहिरो खसेर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बसमा रहेका पाँच जनाको भने उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
विगत केही दिनको भारी बर्षापछि पहिरो गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत दिन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

बबाल बल्थलीः मनसुनमा झन मनमोहक (फोटो फिचर)







काठमाडौं । वर्षा भइरहने साउन महिनामा घुमघामको योजना कमैेले बनाउँछन् । तर खाने मुखलाई जुँगाले छेक्दैन । घुम्न सौखिनहरुलाई मौसमले रोक्दैन ।
टाढा जानुपर्दैन, मनसुन सिजनको रोमाञ्चक अनुभव लुट्न काभ्रेको बल्थली काफी छ । मुसलधारे झरिमा बल्थली डाँडामा रहेको रिसोर्टमा वादलको घुम्टो ओढेर कफी सुरुप्प पार्दै बस्नुको मजा अरु के मा छ ?
काठमाडौंको धुलो-धुवाँ र कोलाहलबाट भाग्नका लागि एउटा राम्रो बाहाना हुन सक्छ बल्थली । झरी खुलेपछिको निलो आकाश, सेता थुम्का परेका वादल र हरिया तरेली परेका फाँट यहाँबाट देखिने चित्ताकर्षक दृश्य हुन् ।
काठमाडौंबाट ४२ किलोमिटर टाढा रहेको बल्थली पुग्न पनौतीसम्म सफा खुल्ला सडक छन् । खोपासीबाट बल्थली जान स्थानीय रिसोर्टहरुले फोरहृवील गाडीको सुविधा दिन्छन् ।

हाइकिङ पारखीहरु नमोबुद्धमा ब्रेकफास्ट गरेर भीरपाखा छिचोल्दै बल्थली पुग्न सक्छन् । काठमाडौं-खोपासी रुटले स्थानीय गाउँले रहनसहन भेषभूषा र संस्कृति चिनाउँछ ।
बल्थलीको बसाई महँगो छैन । बजेट होटलको रुपमा होमस्टे पाइन्छन् ।




















२०७४ साउन ५ गते १५:०० मा प्रकाशित अनलाइन खबर डटकम (२०७४ साउन ७ गते १३:१०मा अद्यावधिक गरिएको)Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

वडाध्यक्षको घरमा मोबाइल चार्ज गर्नेको लस्कर !




३० साउन, झापा । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पूर्वी तराईको जनजीवन अस्तव्यस्त छ । विद्युत् आपूर्ति अबरुद्ध छ ।
मोबाइल चार्ज गर्न नपाएका कारण मानिसहरु सञ्चार सेवाबाट समेत बञ्चित भएका छन् ।
बाढी पहिरोबाट ग्रसित झापाको एक वडाध्यक्षले भने जेनेरेटरको प्रयोग गरेर वडाका जनतालाई मोबाइल चार्ज गर्ने सेवा दिइरहेका छन् ।
कनकाई नगरपालिकाको वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीले घरमा जेनेरेटर राखेर मोबाइल चार्ज गर्ने सेवा दिएका हुन् ।
उनको घरमा अहिले ३० जना गाउँका जनताले एकैपटक मोबाइल चार्ज गरिरहेका छन् ।
‘बिहान र बेलुका चार्ज गर्ने समय छुट्याएको छु ।’ वडाध्यक्ष ओलीले अनलाइनखबरसँग भने, ‘प्रायः बेलुका ६ बजेदेखि ८ बजेसम्मको समय धेरै लोड हुन्छ ।’
उनका अनुसार शनिबार धेरै जनाले चार्ज गर्दा जेनेरेटरको क्वायल नै जलेको थियो । तर, पुनः मर्मत गरेर फेरि मोबाइल चार्जसेवा सुरु गरिएको छ ।
उनको वडामा २९ जना बाढी पीडित छन् । वडा नंं. ६ को दुर्गापुरमा विरिङ नदी पस्दा उनीहरु प्रभावित भएका हुन् ।
वडाध्यक्षले मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइदिएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
यसैबीच सुनसरी र मोरङका बाढी पहिरो प्रभावित क्षेत्रमा पनि बिद्युत आपूर्ति नहुँदा सञ्चार सम्पर्क टुटेको छ । मोरङको बेलबारीमा पनि जेनेरेटर चलाएर मोबाइल चार्ज गरिएको छ ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

पार्ट टाइम जेल बसी कैद भुक्तान गर्न सकिने, शनिबार वा रातिमात्र पनि जेल बस्न पाइने

पार्ट टाइम जेल बसी कैद भुक्तान गर्न सकिने, शनिबार वा रातिमात्र पनि जेल बस्न पाइने
काठमाडौँ : कैद सजाय भन्ने बित्तिकै २४ सै घण्टा जेलभित्र बस्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ। संसदले आज पारित गरेको फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४ ले शनिबार वा रातिमात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने व्यवस्था गरेको छ।

विधेयकको दफा २७ मा सप्ताहको अन्तिम दिन वा रात्रीकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने बारे उल्लेख छ।

एक वर्षसम्म कैद निर्धारण भएको कसूरदारले मात्र यस्तो सुविधा पाउने छन्।

'गरेको कसूर, उमेर, कसूरको गम्भीरता, कसूर गरेको तरिका र आचरण समेतलाई विचार गर्दा नियमित रुपमा कैदमा राख्न उपयुक्त
नदेखिएमा सो को कारण खोली अदालतले सप्ताहको अन्तिम दिन मात्र वा दैनिक रुपमा रात्रिकालीन समयमा मात्र कारागारमा बस्न पर्ने गरी कैद निर्धारण गर्न सक्नेछ' उपदफा १ मा उल्लेख छ।

तर यी १२ अपराधमा कसुरदार ठहरिएकाले यस्तो सुविधा पाउने छैन-

(क) कर्तव्य ज्यान,
(ख) जवर्जस्ती करणी,
(ग) मानव बेचबिखन तथा ओसारपसार,
(घ) हातहितार, खरखजाना तथा विष्फोटक पदार्थ,
(ङ) भ्रष्टाचार,
(च) शरीर बन्धक लिने वा अपहरण गर्ने,
(छ) डाँका,
(ज) खोटा टक वा खोटा टिकट चलन,
(झ) विदेशी विनिमय,
(ञ) लागू औषधको सेवन बाहेकका सो सम्बन्धी अन्य कसूर,
(ट) प्राचीन स्मारक सम्बन्धी,
(ठ) वन तथा वन्यजन्तु सम्बन्धी ।


अदालतले सजाय निर्धारण गर्दा कसूरदारले पालना गर्नु पर्ने शर्तहरु तोकिदिन सक्नेछ।

शर्त पालना नगरेमा वा सो अवधिमा कैद सजाय हुने कुनै कसूर गरेमा निजले आफूलाई भएको कैदको पूरा अवधि कारागारमा बसी भुक्तान गर्नु पर्ने उल्लेख छ।

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४ हिजै संसदले पारित गर्ने कार्यसूची रहेकोमा गणपूरक संख्या नपुगी स्थगित भएपछि आजको कार्यसूचीमा राखी पारित गरिएको हो।

यो व्यवस्था सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर लागू हुने भनी तोकेको मितिदेखि कार्यान्वयनमा आउने छ। 

खुल्ला कारागारमा राख्न सकिने

यसैगरी विधेयकमा कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रमुखको सिफारिसमा सम्बन्धित जिल्ला अदालतको न्यायाधीशले खुल्ला कारागारमा राख्ने आदेश दिन सक्ने व्यवस्था छ।

“खुल्ला कारागार” भन्नाले कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर समेत गई कुनै काम गर्न पाउने गरी नेपाल सरकारले तोकेको कुनै ठाउँ सम्झनु पर्ने उल्लेख छ।

श्रम गर्नेलाई कैद कट्टा

तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय पाएको अठार वर्ष भन्दा बढी उमेरको र शारीरिक रुपमा स्वस्थ्य रहेको कसूरदारले चाहेमा निजलाई कारागारले सार्वजनिक कामको श्रममा लगाउन सक्ने र सार्वजनिक कामको श्रममा लगाइएको कसूरदारले प्रति तीन दिन श्रम गरे बापत थप एक दिनको दरले निजको कैद कटृा हुने व्यवस्‍था पनि विधेयकमा छ।

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

मुलुकभर टेलिकमको एसएमएस निःशुल्क

मुलुकभर टेलिकमको एसएमएस निःशुल्क
काठमाडौं :  नेपाल टेलिकमले बाढी प्रभावित स्थितिलाई ध्यानमा राख्दै मुलुकभर एसएमएस नि:शुल्क गरेको छ। यो सुविधा आइतबारदेखिनै कार्यान्वयनमा आएको छ। मुलुकभर टेलिकम प्रयोगकर्ताले एसएमएस पठाउँदा शुल्क तिर्नुपर्दैन, नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्।

संचारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका जनतालार्इ सूचनाको सहज पहुँचका लागि एसएमएस नि:शुल्क गरिएको बताए।

टेलिकमले साउन ३१ गते मंगलबारसम्म एसमएस नि:शुल्क गरेको हो। बाढी प्रभावित क्षेत्रमा बिजुली अवरुद्ध छ भने त्यहाँ रहेका सबै पसलहरु पनि डुबेका छन्। यो आपतकालीन अवस्थालार्इ ध्यानमा राखेर टेलिकमले एसएमएस सेवा नि:शुल्क गरेको हो। अघिल्लो वर्ष भूकम्प जाँदा टेलिकमले केही दिनसम्म डेटा र भ्वाइस दुबै नि:शुल्क गरेको थियो।
  Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

भित्तेघडी र सिकाइ

Image result for wall clock image - सर कति मिनेट बाँकी छ ?
१० मिनेट
- कति रे सर ?
१० मिनेट
- आवै ! आमा मेरो त जम्मै छुट्ने भयो । म त फेल हुने भएँ सर !
ध्यानपुर्वक लेख नआत्तिकन लेख अलि छिटो लेख १ मिनेटमा संसार हल्लाउने कुरा लेख्न सकिन्छ, तिमीहरूसँग त झन् १० मिनेट छ ! १० मिनेट !!
- सर कति मिनत बाँकी होला ?
- सर समय कति भयो त ?
- घन्ती बज्न कति मिनेत बाँकी छ सर ?
- कति चाँडै घण्टी बज्यो त सर आज ?
एउटा शिक्षकले कक्षाकोठा, एकाइ परिक्षा  देखि वार्षिक परिक्षासम्म यी प्रश्नहरुको जवाफ दिइरहनु पर्ने रहेछ ।
मैले गएको वर्षभरी जवाफ दिइरहें । विद्यार्थीहरुले सोध्नु उनीहरूको धर्म हो । सोध्दछन् । तर मलाई मोवाइल हेर्दै प्रत्येक पटक समय यति छ । उति छ भनिरहन निकै झ्याउ लाग्यो । यस्को दृघकालिन समाधानको खोजि तिर लागें ।
सबैले आ आफ्नो हातमा घडी बाँधेर स्कुल आऊ यो वाक्य पनि मन भित्र नआएको होइन । यसो भनेर विद्यार्थीलाई अप्ठ्यारोमा पार्न मलाई उचित लागेन ।
खजाना हाम्रै कक्षामा
वार्षिक परीक्षा पछि मेरो दिमागमा एउटा आइडिया फुर्यो । गएको वैशाखमा मैले विद्यार्थी माझ उक्त आइडिया राखेपछि, विद्यार्थी निकै प्रफुल्ल र खुसीेका साथ सहमत भए
कक्षाकोठामा भित्तेघडी राख्ने !
यो हामी सबैको साझा सपना हुन गयो ।
घडी कसरी ल्याउने त ?
मैले सोधेपछि विद्यार्थीले प्रश्नको जवाफ अनेक ढंगले दिए ।
- रतन सरले किनेर दिने हा..हा
- होइन स्कुलले घडी दिनु पर्छ ।
- साहित्यिक क्लबले किन्नु पर्याे सर
केहीले
- कक्षा बैंकमा जम्मा भएको रकमले किन्ने भने । यी जवाफलाई मैले ह्वाइट बोर्डमा लेख्दै गएँ । अनि यी मध्ये फेरि एउटालाई विद्यार्थीलाई छान्न लगाएँ ।
सबैले 'कक्षा बैंक' मा जम्मा भएको रकमबाट किनौँ न भने ।
कक्षा ७ देखि १० सम्म गणित सिकाउन तथा बचत बानीको विकास गर्ने उदेश्यले हामीले कक्षा बैंक बनाएका छौँ । प्रत्येक बैंकमा विद्यार्थीले मासिक निश्चित रकम जम्मा गर्छन् । बैंकका आ आफ्नै निश्चित नियम छन् । साथै प्रत्येक महिनाको एक दिन नाफा नोक्सान मेलाबाट उठेको रकम पनि बैंकमै जम्मा गरिन्छ । जुन विद्यार्थीकै नेतृत्व तथा स्वामित्वमा सञ्चालित हुन्छ । भित्तेघडी बैंकको रुपियाँबाट किन्यो भने विद्यार्थीले अपनत्व महशुस गर्ने भए । साझा सम्पति, सबैको लगानीमा भएको देखिने भयो । सायद सबैले यस्तै महशुस गरेर एउटै विन्दुमा पुगेका हुन् ।
कक्षा बैंक बाट भित्तेघडी ल्याउने विद्यार्थीको निर्णय मलाई पनि धेरै सान्दर्भिक लाग्यो । विद्यार्थीलाई निर्णय गर्ने उचित वातावरण दिन सक्यो भने सहि निर्णय लिन सक्ने रहेछन् । यो मेरो लागि पनि ठुलो सिकाइ बन्यो ।
भित्तेघडी कक्षा कोठामा
जेठ महिनाको सुरुमा मैले विद्यार्थीको निर्णय बमोजिम कक्षा १० लाई चापागाउँबाट घडी ल्याएँ । ह्वाइट बोर्डको ठिक माथि विद्यार्थीले झुण्याए । कक्षा १० मा घडीले ल्याएको उमंगको समाचार अरु कक्षासम्म पुग्यो । अरु कक्षाका विद्यार्थी पनि के कम ?
- हामी पनि हाम्रो कक्षा बैंकको रकमले घडी ल्याउने सर !
विद्यार्थी आग्रह गरेपछि जेठको अन्तिम हप्तामा ८ र ९ कक्षामा पनि भित्ते घडी घुम्न थाल्यो । घडीको माग तल्लो कक्षामा पनि विस्तारै सर्दै छ । दशै तिहारको आसपासमा लगभग सबै कक्षामा भित्तेघडी घुम्ने छन् ।
के सिकाउन सकिन्छ भित्तेघडीबाट ?
झट्ट हेर्दा घडीले समय देखाउने मात्र गर्छ । तर समय मात्र होइन भित्तेघडीबाट मूल्य, मान्यता समेत सिकाउन तथा आफैले सिक्न र व्यावहारिक हुन सकिन्छ ।
१. निरन्तरता
स्वस्थ घडी । ठिक ढंगले, बिना बिश्राम, नथाकि घुमिरहन्छ । र त सबैले सम्मान साथ घरको भित्ता वा आवश्यक ठाउँमा सजाएर राख्छन् । निरन्तर ठिकसँग ठिक काम गर्याे भने सबैले माया गर्छन् । सबैले मन पराउँछन् । नतिजा पनि राम्रै आउँछ ।
२.समानता र सम्मान
घडीमा अंकित अंकहरुलाई सुईहरुले समान ढंगले व्यवहार गर्छन् । कुनै अंकमा धेरै रोकिने । कुनैमा कम रोकिने । कुनैमा अडिने । कुनैमा नअडिने काम सुईहरुले गर्दैनन् । सबैलाई बराबर सम्मान गर्छन् । हामीले पनि जात, धर्म, लिङ्ग, क्षेत्र, समुदाय, वर्ग, जान्ने नजान्ने आदिका आधारमा भेदभाव नगरि घडीका सुइले अंकहरुलाई व्यवहार गरेझैं हाम्रो पनि आम मान्छेहरु प्रतिको व्यावहार सुइको झैँ हुनु पर्छ ।
३. सामुहिक कार्य
घडीका सुइहरुबिच मजाको टिमवर्क देखिन्छ । मिनेट सुइभन्दा घण्टा सुइ छिटो कुदँे के हुन्छ होला ? पक्कै पनि घडीलाई मान्छेले भित्तामा सजाउँदैनन् । स्वस्थ घडीबाट टिमवर्कको मान्यता विद्यार्थीलाई सिकाउन सकिन्छ । आफुले सिक्न सकिन्छ ।
४.जिम्मेवारी
प्रत्येक सुइले आफ्नो भुमिकालाई नबिर्सि काम गरिरहेका हुन्छन् र त घडीको महत्व छ । मनपरि होस् त कसैले मान्दैनन् । हरेक व्यक्ति विद्यार्थी, शिक्षक तथा अभिभावकले पनि आफ्नो भुमिकालाई नबिर्सि काम गर्न सके भने त्यसको परिणाम पनि गुणस्तरीय आउँछ ।
कम्तीमा घडी मार्फत यी कुराहरु निरन्तर विद्यार्थीलाई आवश्यक अवस्थामा भन्दै गयो भने पनि विद्यार्थीमा प्रेरणा जोगाउन सकिन्छ । जुन प्रयास हाम्रा कक्षाकोठाहरुमा भैरहेको छ ।
यसबाहेक विषयगत कुरासँग पनि घडीलाई जोड्न सकिन्छ । जस्तै :
गणित पढाउने क्रममा घडीको प्रसस्त उपयोग गर्न सकिन्छ ।
जोड, घटाउ, भाग तथा गुणन गर्न यसबाट मजाले सिकाउन सकिन्छ ।
रेखा र कोणको बारेमा पनि सुइ मार्फत सिकाउन सकिन्छ ।
वर्ग संख्या, बर्ग मुल, घन संख्या, घन मुल लगायत संख्या (अंक अंकित घडीबाट) सम्बन्धित कुराहरु विद्यार्थीलाई सिकाउन सकिन्छ ।
स्टाटरका रुपमा कक्षाको सुरुवात पनि गर्न सकिन्छ ।
गणित विषयको अलावा अरु विषय शिक्षणको क्रममा पनि उत्तिकै उपयोग गर्न सकिन्छ ।

फाईल फोटो
परिणाम के भयो ?
समयसँग सम्बन्धित विद्यार्थीको अलमल र शिक्षकसँग भरपर्नु पर्ने अवस्था अब रहेन । सबै प्रश्नको उत्तर भित्तेघडीले दिने गर्छ । विद्यार्थी समयप्रति बढि सजक भए । परीक्षा वा कक्षा समय भए पनि समय हेर्दै लेख्छन् । छिटो लेख्ने बानीको पनि विकास हुँदैछ ।
शिक्षक ढिलो आएमा, सर मिस आज त यति मिनेट ढिलो आउनु भयो भन्छन् ।
कक्षा अली लामो भयो भने सर, मिस समय यति, उति मिनेट गइसक्यो भन्छन् ।
शिक्षक र विद्यार्थी दुबैले एक अर्काको सकारात्मक  मुल्यांकन र सुधार गर्न भित्तेघडीले भुमिका खेलिरहेको छ । समय व्यवस्थापन गर्न सबैलाई थप सहज बनाएको छ ।
- म पहिला भन्दा आज भोलि छिटो लेख्न थालेको छु । घडी हेर्दै लेख्दा कति ? कसरी ? लेख्ने भन्ने कुरा थाहा हुने रहेछ । भित्तेघडीले टाइम म्यानेजमेण्ट गर्न सहयोग पुर्याएको छ - अमृत जिम्बा, कक्षा १०
- समयमै काम गर्ने बानीको विकास हुँदैछ । परिक्षामा कति समय रह्यो सोधिरहनु पर्थ्यो, डर लाग्थ्यो । अचेल घडी हेर्दै लेख्नु पर्छ । त्यति डर लाग्दैन - निङमा ब्लोन, कक्षा १०
- घडीबाट समयमै काम गर्ने कुरा बाहेक समुहमा काम गर्ने तथा सबैलाई समान व्यवहार गर्ने बानीको पनि विकास भइरहेको छ - गणेश मोक्तान, कक्षा ९
- घडीले गर्दा मलाई पनि कक्षामा आवश्यक कुरा निश्चित समयमा सिकाउन तथा तयार हुन थप सहज बनाएको छ - थुप्देन पाल्साङ जिम्बा, शिक्षक
- विद्यार्थीलाई तथा आफुलाई टाईम म्यानेजमेण्ट गर्न सजिलो भएको छ -  विशाल खाईजु, अंग्रेजी शिक्षक
मेरो सिकाइ
विद्यार्थी तथा अरु शिक्षक साथीहरूलाई सहज बनाएझैं मलाई पनि धेरै सजिलो बनाएको छ । गणित विषय पढाउँदा तथा मुल्य मान्यतालाई रिइन्फोस् गर्न मैले भित्तेघडीकै सहारा लिने गर्छु । विद्यार्थीलाई छिटो लेख्न तथा समयमै काम गराउन र आफुलाई पनि सचेत रहन भित्तेघडीले सहयोग पुर्याएको छ । विद्यार्थीको डरको तह कम गराउन तथा छिटो लेख्ने बानीको विकास गर्न घडीले सहयोग पुर्याएको विद्यार्थीको प्रतिक्रियाले ससाना कामबाट पनि धेरै सिकाउन र सिक्न सकिन्छ, सानो प्रयासले पनि विद्यार्थीको जिन्दगीमा ठुलो बदलाव् ल्याउन सहयोग पुर्याउने रहेछ । भन्ने कुरामा विश्वास बढेको छ ।
भित्तेघडीको धर्मलाई हरेक व्यक्तिले आत्मसात गर्न सक्यो भने सफल मात्रै होइन हरेक व्यक्ति असल बन्न सक्छ ।
सुरु त फेरि कक्षाकोठाबाटै गर्नु पर्ने रहेछ ।
(देवकोटा सामुदायिक विद्यालयको सिकाइ सुधार अभियानमा कृयाशिल संस्था टिच फर नेपालका फेलो हुन् । उनी चण्डेश्वरी माध्यमिक विद्यालय, प्युटार, ललितपुरमा गणित विषय पढाउँछन् ।)
फोटो :  गुगल
प्रकाशित मिति २०७४ श्रावण ३० ,सोमबार

साभर: educationkhabar .com बाट


Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

शरीरमा पानी कम हुँदा देखिने ९ लक्षण

हामीले सधैं सुनिरहेको कुरा हो– हामी पर्याप्त पानी पिइरहेका छैनौं । राम्रैसँग थाहा छ कि हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, तर पनि अनेक कुरामा अल्झेर हामी पानी पिउनुलाई हाम्रो दैनिकीको प्राथमिकतामा पार्न असफल हुन्छौं । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं।
एउटा वयस्क औसत मानव शरीर ५५ देखि ६० प्रतिशत पानीले बनेको हुन्छ । यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने दर्शाउँछ । त्यसैले हाम्रा सवारीसाधनले मोबिल वा तेल सकिएपछि देखाउने लक्षण जस्तै पानीको कमी हुनासाथ हाम्रो शरीरले पनि त्यस्ता लक्षण देखाउन थाल्छ । यस्ता लक्षण देखिएपछि हामीले शरीरमा तरल पदार्थ खासगरी पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । शरीरमा आवश्यक पानीको मात्रा पुगे/नपुगेको कसरी थाहा पाउने ? तलका लक्षण देखिएमा तपाईंको शरीरमा पानीको मात्रा कम भयो भनेर बुझे हुन्छ ।
छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु 
ऋतुअनुसार हाम्रो छालामा परिवर्तन आउनु सामान्य हो । जाडोमा हाम्रो छाला सुख्खा र निर्जीवजस्तै हुन्छ । छाला सुख्खा हुँदा यसमा सिबम (छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थ) को कमी हुन्छ र यस्तो अवस्थामा छालाको चिल्लोपना कायम राख्न पर्याप्त मात्रामा मोस्चराइजर लगाउनु पर्छ।
यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने तन्तनी पानी खानु भए हुन्छ । जब पानीको कमी भएपछि छालाले स्वाभाविक चमक/सौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।
मुख सुक्नु र धेरै तिर्खा लाग्नु 
कतिपयले ख्याल नगर्ने तर शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी खाइहाल्नुहोस् (किनभने मुख मरुभूमिजस्तो सुख्खा भयो भने मुख नराम्ररी गन्हाउँछ) ।
यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । केही दिन पर्याप्त पानी पिउँदा पनि यी लक्षण कायम रहे चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
टाउको दुख्नु 
टाउको दुख्नु शरीरमा पानीको मात्रा कम भएको अर्को लक्षण हो। चड्किएर दुखेको टाउको मिनेटैपिच्छ झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ । यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जान्छ । पर्याप्त पानी पिए यी समस्या हट्ने मात्र होइन उपचार नै हुन्छ ।
नेस्नल हेडेक फाउन्डेसन (एनएचएफ)का अनुसार टाउको दुखाइ कुनै व्यक्तिको शरीरमा पानीको मात्रा कम भइरहेको सामान्य लक्षण हो । साँच्चै भन्ने हो भने शरीरमा पानीको कमीले माइग्रेन निम्त्याउँछ । एनएचएफको सुझाव छ– टाउको दुखेका बेला पानीमात्र खाने र गुलिया वा नुनिला खानेकुरा नखाने । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन् ।
सधैं थकित 
दैनिक रुपमा नियमित र पर्याप्त सुताइ (निद्रा) सुनिश्चित  गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाईं जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ।
थकाइले तपाईंका चेतना र एकाग्रतामा असर पार्न सक्छ । थकाइले शरीर आलस्य र असावधान बनाउने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ । तर दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ।
शरीरको वजन बढ्नु 
तपाईं पत्याउनुहोस् नपत्याउनुहोस्, कम्मरको बढ्दो मोटाइले तपाईं पर्याप्त मात्रामा पानी खाइरहनु भएको छैन भन्ने बताउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् । र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् ।
यतिमात्र होइन उनीहरू शरीरमा पानीको अलिकति पनि कमी हुनासाथ मस्तिष्कमा मिश्रित संकेत पुग्ने र हामीले भोक लागेको अनुभव गर्छौं, जबकि हामीलाई खानेकुराको नभएर पानी चाहिएको हुन्छ भन्छन् । तपाईंले भोजन गर्नुअघि एक÷दुई ग्लास पानी खानु भयो भने यसले तपाईंको भोजनको मात्रा घटाउँछ, अर्थात तपाईं धेरै खान सक्नुहुन्न ।
अपचको समस्या
यसो भन्नु अलि बढी नै पनि हुन सक्छ कि तपाईंलाई शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छ भने शायद तपाईंले पानीको मात्रा बढाउन आवश्यक छ । तपाईंको शरीरलाई पचिसकेको खानेकुरा पेटबाट बाहिर निकाल्न तरल पदार्थको आवश्यकता परेको कब्जियत भएबाट सहजै बुझ्न सकिन्छ । दीर्घ कब्जियत/अपचको कारण नै पानीको कमी हो ।
पाचन क्रिया सहज बनाउन र कब्जियत/अपचको समस्या आउन नदिन पर्याप्त पानी पिउनु नै एकमात्र सजिलो उपाय हो । पानीको मात्रा बढाउनासाथ तपाईं आफैं कब्जियत कम हुँदै गएको अनुभव गर्न सक्नु हुन्छ । कब्जियत कम भएन भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
मुत्रनलीको संक्रमण 
मुत्रनलीको संक्रमण अत्यधिक कष्टदायक हुन्छ भन्ने एकपल्ट यसको अनुभव गरिसकेका व्यक्तिसँग सोधे प्रष्ट हुन्छ । युटिआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन) विभिन्न कारणले हुने भए पनि प्रायः हाम्रो शरीरमा सहवास वा यौनांग र मलद्वारको राम्ररी सफाइ नगर्दा ब्याक्टेरिया प्रवेश गरेपछि हुने गर्छ ।
मुत्रनलीमा संक्रमण हुने अर्को मुख्य कारण पानीको कमी हो । पर्याप्त पानी पिउनाले मुत्रथैलीबाट ब्याक्टेरिया पानीले बगाएर बाहिर निकाल्छ र ब्याक्टेरिया मुत्रथैलीमा फैलन पाउँदैन ।
शरीरमा पानीको कमी भएको एउटा लक्षण पिसाबको रंग गाढा हुनु वा पिसाब कम लाग्नु वा पिसाब पोल्नु पनि हो । यस्तो लक्षण देखिनासाथ पानीको मात्रा बढाउनुहोस् र यसपछि पनि यी लक्षण कम नभए चिकित्सकसँग परामर्श लिनु जानु पर्छ ।
झर्किने र झन्किने 
तपाईं जतिबेला पनि अप्रसन्न हुन थाल्नुभयो, झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ । तपाईंलाई आश्चर्य लाग्ला यस्तो बेला तपाईंलाई अरु केही होइन, एक गिलास पानीको आवश्यकता छ यी समस्याको समाधान गर्न भन्यो भने । केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि स्नायविक÷मानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइहाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् ।
यसभन्दा पनि उदेकलाग्दो त के छ भने हाम्रो शरीरमा आवश्यक पानीको मात्राभन्दा १ प्रतिशत मात्र पानीको कमी हुँदा समेत यस्ता नकारात्मक प्रभाव पर्छ । त्यसैले फेरि पनि तपाईं धेरै झर्किन र झनक्क रिसाउन थाल्नुभयो अनि त्यसको कुनै कारण पत्ता लगाउन सक्नु भएन भने थपक्क एक-दुई ठूलो गिलास पानी पिइहाल्नुहोस् र आफ्नो मुड ठीक पार्नुहोस् ।
मांसपेशी बाउँडिने 
मांसपेशी एकै ठाउँमा डल्लो पर्नु वा खास गरी पिंडुला बाउँडिनु कष्टदायक हुनुका साथै लाजमर्दो हुन्छ । यस्तो बेला अधिकांश व्यक्ति शरीर तन्काउने वा मालिस गर्ने गर्छन् । तर यसको उपचार अत्यन्त सरल छ, पानी पिउनु । किनभने शरीरमा पानीको कमी भएपछि नै मांसपेशी बाउँडिने गर्छ ।
कतिपय यसमा असहमत होलान्, तर विभिन्न अध्ययनले पानीको कमी (डिहाइड्रेसन) र मांसपेशी बाउँडिनुबीच सम्बन्ध देखाएका छन् । किनभने हामीले थोरै पानी खाँदा रक्त सञ्चार नै मन्द हुन्छ। डिहाइड्रेसन भएपछि मस्तिषकले महत्वपूर्ण अंग बचाउन शरीरमा भएको तरल पदार्थ/पानी मांसपेशीबाट त्यता पठाउँछ र मांसपेशी बाउँडिन्छ ।
पानीको कमीले शरीरमा हुनुपर्ने सोडियम र पोटासियमको मात्रा तलमाथि हुन थाले स्थिति अझ बिग्रन्छ । त्यसैले पर्याप्त पानी खान अत्यन्त महत्वपूर्ण छ, खासगरी गर्मीमा र व्यायामका बेला ।

 

पर्याप्त पानी खाएको कसरी थाहा पाउने 

दैनिक कति पानी पिउनु पर्छ भन्ने सम्बन्धमा अनेकौं भनाइ छन् । पछिल्लो समय भएका अध्ययनले भने लिंग र शरीरको आकार/वजन अनुसार पिउन आवश्यक पानीको मात्रा बताउने गरेका छन् । उदाहरणका लागि एक जना साढे ६ फिट अग्लो पुरुषले दैनिक ८ ग्लास पानी पिउनु कम हुनसक्छ भने ४ फिट १० इन्च अग्ली महिलाका लागि यति नै पानी पिउनु धेरै हुन सक्छ ।
अमेरिकाको मिनेसोटास्थित ‘द मायो क्लिनिक’ (नाफा नकमाउने संस्था जसमा चिकित्सक, वैज्ञानिक र शोधकर्ता गरी ३३ सयभन्दा बढी आबद्ध छन्)ले इन्स्टिच्युट अफ मेडिसिनको निर्देशिका उल्लेख गर्दै सामान्य अवस्थामा पुरुषका लागि १३ कप र महिलाका लागि ९ कप दैनिक पानी पिउनु पर्याप्त हुने जनाएको छ । तर व्यायाम गर्नु हुन्छ वा पसिना आउँछ भने योभन्दा बढी पानी पिउनु आवश्यक छ । त्यसमाथि पनि मानिसको जीवनशैली, खानपान र शारीरिक बनावट अनुसार आफूलाई कति पानी पर्याप्त हुन्छ मनन् गर्नु बेस हुन्छ ।
तर सम्झनुहोस्, तिर्खा लागेको महसुस गर्नुहुन्छ भने सम्भवतः तपाईंलाई हल्का पानीको कमी भइसकेको छ । मुख सुक्छ भने पानीको कमी हटाउन तुरुन्तै एक/दुई कप पानी पिइहाल्नुहोस् ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

सुन्दर छालाका लागि उपयुक्त आयोडिनयुक्त ९ खाना


आयोडिन छालाका लागि जरुरी मिनरल हो । यो थाइराइड हर्मोन उत्पादनका लागि महत्वपूर्ण मिनरल मानिन्छ । यसको कमीले शारीरिक तथा मानसिक विकासमा बाधा उत्पन्न हुनसक्छ । आयोडिनको कमीले गलगाँड आउने पनि हुन्छ । त्यसैले सरकारले सुपथ मूल्यमा आयोडिनयुक्त नुन वितरण गर्दै आएको छ । आयोडिनको अर्को फाइदा कमैलाई थाहा होला । आयोडिनले छाला सुन्दर गराउन पनि मद्धत गर्छ । त्यसैले आयोडिनयुक्त खाना खानुपर्छ।

१) आयोडिनयुक्त नुन

ढिके नुनमा आयोडिनको मात्रा अत्यन्तै न्यून हुन्छ । त्यसैले आयोडिनयुक्त धूलो नुन सेवन गर्नुपर्छ।

२) समुद्री तरकारी

समुद्री क्षेत्रमा उत्पादन हुने फलफूल, तरकारी र अनाजमा आयोडिनको मात्रा प्रशस्त हुन्छ।

३)  पोलेको आलु

सबै प्रकारका आलुमा केहीमात्रामा आयोडिन पाइने भएपनि पोलेको आलुमा आयोडिनको मात्रा बढी हुन्छ । एक मध्यम अाकारको पाेलेको आलुमा ६० माइक्रोग्राम सम्म आयोडिन पाउन सकिन्छ।

४) दूध

दूधमा क्याल्सियम र भिटामिन मात्र पाइन्छ भन्ने आमधारणा छ । तर दूधमा आयोडिन पनि पाउन सकिन्छ । एक कप दूधमा ५६ माइक्रोग्रामसम्म आयोडिन पाउन सकिन्छ।

५) बिरे नुन

यसलाई हिमालयन क्रिस्टल नुन, ग्रे साल्ट, कालो नुन पनि भनिन्छ । सबै प्रकारका नुनमा आयोडिन पाइने भएपनि बिरे नुनमा अरुमा भन्दा बढी आयोडिन पाइन्छ।

६) समुद्री माछा

समुद्री माछामा आयोडिन प्रशस्त पाइन्छ । यसबाहेक समुद्री माछामा ओमेगा थ्री, फ्याटी एसिड, फोलेट, पोटासियम, भिटामिन र्इ पनि भरपूर मात्रामा पाइन्छ।

७) क्रेनबेरीज

गाढा रङ क्रेनबेरीजमा आयोडिनका साथै भिटामिन सी, के, बी, फाइबर पनि प्रशस्त पाउन सकिन्छ । यसमा एन्टिअक्सिडेन्टसमेत पाउन सकिन्छ । यो फलमा सुगरको मात्रा पनि प्रशस्त हुन्छ।

८) सिमी

सिमीमा पनि आयोडिनको मात्रा प्रशस्त हुन्छ । यसमा प्रोटिन, तामा, फोलेट, क्याल्सियम, फाइबर पनि पाउन सकिन्छ।

९) उमालेको अण्डा

एउटा उमालेको अण्डामा १२ माइक्रोग्रामसम्म आयोडिन पाउन सकिन्छ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

आज श्रीकृष्ण जन्माष्टमी, यस्तो छ कृष्णको लिला


काठमाडौँ–भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । 
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । 
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।  
कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । 
चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पु¥याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । 
वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । 
श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिएका थिए ।
 अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए । 
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए  । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए ।  यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ । 
बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आएका श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । “यो नै पूर्वीयजगत्को प्रेम दिवस हो र भ्यालेन्टाइन डेका नाममा नेपाल भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो”, प्रशासनिक सेवाबाट अवकाश पाएपछि साहित्य सृजना र आध्यात्मिक खोज–अनुसन्धानमा लागेका  गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले भने । 
मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित भएका  श्रीकृष्णले नै पुतना, कंश, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त्य गरी मानव मात्रलाई भयमुक्त बनाएका थिए ।
यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भगवत् गीतामा भनेका पनि छन्–
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
अर्थात् जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धरतीमा जन्म लिनेछु । 
भगवान् श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ । आजको दिन पाटनको मंगलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौँको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । 
आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । रासस
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

नेपाली पाइलट: जसले जागिर नपाएर पेट्रोलपम्प खोले

३० साउन, काठमाडौं । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनु पर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् ।

नेपालगन्जका अभयकुमार टन्डन पाइलट हुन तर अहिले उनी पेट्रोलपम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे ।
सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्डयन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन पाएनन् ।
प्रारम्भिक शिक्षा नेपालगन्जबाट लिएका अभयले सेन्ट जोसेफ कलेज तैनीतालबाट कक्षा १० र टेगोर इन्टरनेसनल स्कुल न्यू दिल्लीबाट १२ कक्षा पास गरे । न्यू दिल्लीमै केही समय काम गरेर पाइलट पढ्न अस्ट्रेलिया गए । उनले पाइलट कोर्स सकेर नेपाल आउँदा निजी क्षेत्रका यती र बुद्ध मात्रै सञ्चालनमा थिए । अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कंदा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स बन्द प्रायः थियो । ‘जागिरको खोजीमा लागेँ, तर पाइनँ,’ अभय भन्छन्, ‘नेपाल एयरलाइन्स बन्द थियो । बुद्ध र यतीमा जागिर पाइएन ।’ मागभन्दा धेरै पाइलट भएकाले जागिर नपाएको टन्डनको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

एक दिन सबै ले मर्नु नै छ तर पनि मर्ने कसैलाई रहर हुदैन !


काठमाडौँ, ३० साउन । मर्ने कसैलाई रहर हुँदैन…यो पङ्ती गिरकार कृष्णहरी बरालको हो । यति बेला तराई जलमग्न छ । गितकार बराल यूरोपमा छन् । उनि देश डुबेको खबरले मर्माहत नहोलान भन्न सकिदैन ।
देशभर बाढि र पहिरोमा परि ज्यान गुमाउनेको संख्या करिब ४० पुगि सक्यो । यता गृहमन्त्रालयले भने यकिन तथ्याङक दिन सकेको छैन । मानवले मानवलाई दुखपर्दा बचाउनु र साथ दिनु कुनै नौलो कुरा होईन । यसबाढिले यस्ता विरहलाग्दा स्थिति सिर्जना गरिदियो जुन तस्बिर एकाएक भाईरल बनेका छन् ।


पानीमाथि तैरिएको चप्पलमा एक जोर कुखुराका चल्ला मृत्य कुरि रहेका छन् । अर्को तर्फ आफु बाँच्ने र अरुलाई बचाउने मात्रै नभएर गाई, बाख्रालाई खामा च्यापेर जलमग्न पानि हिड्दैछन् ।
वार्षाले वितण्डा मच्चाईरहेको स्थितिमा आफु बाँचौ र अरुलाई पनि बचाँउ भन्दै डुवान क्षेत्रमा सुरक्षा कर्मी तैनाथ भएका छन् । प्रकृतिको सामु कसको के लाग्छ र ? सुरक्षा कर्मी सरकारले चाहेर पनि जनताको उद्धार गर्न सकि रहेको छैन् । अर्को कुरा निर्वाचनको बेलामा आचारसहिता नाघेर आकासमा उड्ने हेलिकप्टर विपतका बेला किन उडेनन् भनेर सर्वत्र बिरोध आउन थालेको छ ।
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

सधैँ सफलता चाहनु हुन्छ ? एक पटक रामायणमा उल्लेख गरिएकाे याे सुत्र हेर्नुस त


श्रीरामचरितमानस’को अनुसार जब श्रीरामलाई बनवास मिल्यो र राजा दशरथले देह त्याग गरे, तब अयोध्याको राजपाठ भरतले नै सम्हाल्नुपर्ने भयो। तर आफ्नो दाई श्रीराम हुँदाहुँदै भरतलाई राजा हुने कुनै इच्छा थिएन। यदि उनले चाहेकै भएपनि आफ्नो बल र शक्ति प्रयोग गरेर सजिलैसित राजा बन्न सक्थे, तर उनले यसो गरेनन्।

उनी आफ्ना दाजु श्रीरामलाई अयोध्या फर्किनको लागि मनाउन सारा सेना र पुरै कुटुम्बलाई लिएर चित्रकूट पुगे। तर धर्मको प्रतीक श्रीरामले अयोध्या फर्किन मानेनन्। त्यसैले भरतले श्रीरामको चप्पल आफूसँग लिएर अयोध्या फर्किए। सिंहासनमा श्रीरामको चप्पल राखेर उनले १४ वर्षसम्म श्रीरामको प्रतिनिधित्वमा राज्य चलाए। त्यतिबेलासम्म उनको मनमा कहिल्यै पनि राज्यको लोभ र लालसा जागेन।
भरतसँग शक्ति थियो, तर उनले त्यसको कहिल्यै पनि दुरुपयोग गरेनन्। यसै कारणले नै उनलाई सबै अयोध्या बासीहरूले मन पराए, राजा भएर पनि उनको मनमा अहंकार थिएन, घमण्ड थिएन। सँधै आफ्ना जनताको हितप्रति उनी समर्पीत थिए। त्यसैले त भरतलाई रामकथाको सबैभन्दा निर्दोष, निश्चल र निष्ठावान पात्रको रूपमा मानिन्छ। भरतको सफलताको शुत्र नै यहि थियो।
रामायणको यो सानो प्रसङ्गबाट हामीले धेरै कुराहरू सिक्न सक्छौँ। पहिलो कुरा त हामीले आफ्नो योग्यता र अधिकारको सीमालाई कहिल्यै नाघ्नुहुँदैन। सबैको आ-आफ्नै शक्ति र क्षमता हुन्छ, अनि सबैको आ-आफ्नै कर्तव्य हुन्छ। कर्तव्यपरायण भएर आफ्नो उचित अधिकारको प्रयोग गरी जीवनमा अगाडि बढ्न सक्यौँ भने मात्रै सफलताको पथमा पुग्न सक्छौँ।

श्रीकृष्णसँग राधाले ‘हामी बिहे गरौँ’ भन्दा श्रीकृष्णले दिएका थिए यस्ताे अनाैठाे जवाफ…

 
कुशल श्रेष्ठ
नदीकै बन्धनमा बाँधिएर पनि जसरी दुई किनाराको कहिल्यै मिलन हुन सक्दैन, त्यसरी नै महाभारतका महानायक श्रीकृष्ण र उनकी राधाको पनि कहिल्यै मिलन हुन सकेन। कारण स्पष्ट थियो- श्रीकृष्ण त स्वयं नारायण थिए र नारायण कहिल्यै पनि एकजनाको हुन सक्दैन। नारायण त सबैको हो र सबै नारायणकै हो।

तथापी, यो कुरा राधाले नबुझेकी पनि थिइनन्। जब कृष्णलाई आफ्ना मामा मथुरा नरेश कंशले निमन्त्रणा गरे, तब नन्दगाउँका सबै गोपिनीहरूले कृष्णलाई नन्दगाउँ छोडेर नजान आग्रह गरेका थिए। स्वयं कृष्णकै माताले पनि अलापविलाप गरेकी थिइन् र भगवानसँग प्रार्थना गरेकी थिइन् कि उनको प्यारो पुत्र मखनचोर आफूलाई छोडेर कतै नजाओस्।
तर, नन्दगाउँका सबैजना मध्ये एकजना थिइन्- राधा जसले कृष्णको बाटो छेक्ने प्रयत्न गरिनन्। जब उनकी सखीहरूले सोधे कि कृष्ण त तिम्रो लागि प्राणभन्दा प्यारो थियो भने किन उसको बाटो छेक्दैनौँ, तब राधाले भनिन् कि ‘जो पवनसरी फैलिएको छ, जो पानीसरी बगेको छ, उसको बाटो म कसरी छेक्न सक्छु? मैले छेक्दैमा के पवन रोक्किन्छ र? के पानी बग्न छोड्छ र? जसरी पवन सबैको हो, पानी सबैको हो, त्यसरी नै कृष्ण पनि सबैको हो।”
यस्तो ज्ञानगुनको कुरा गर्ने राधाले पनि एकचोटि श्रीकृष्णसँगको बिछोडदेखि भयभित भएर कृष्णसँग विवाह गर्ने प्रस्ताव राखिन्। तब श्रीकृष्णले मुस्कुराउँदै भने- “हे राधे! विवाहको लागि त दुई व्यक्तिको आवश्यकता पर्दछ- एक वर र अर्को वधु! तर, हामी त एक हौँ, हाम्रो विवाह कसरी हुन सक्छ?”

तपाईका लागि यस्तो छ आजको राशीफल- आजमिति २०७४ साल श्रावण ३० गते कृष्णजन्माअष्ठमी तद अनुसार १४ अगष्ठ २०१७ का लागि


तपाईका लागि यस्तो छ आजको राशीफल- आजमिति २०७४ साल श्रावण ३० गते कृष्णजन्माअष्ठमी तद अनुसार १४ अगष्ठ २०१७ का लागि यस्तो छ ग्रह गोचर , माया प्रेम, शुभ अशुभ । बि.स.२०७४ साउन ३० गते । सोमबार । ईश्वी सन् २०१७ अगष्ट १४ तारिख । नेपाल सम्बत् १९३७ ।
साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि सप्तमी,३० घडी ३५ पला, बेलुका ५ बजेर ४८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र भरणी,५३ घडी ४४ पला । योग गंड १० घडि १५ पला,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त बृद्धि । करण भद्रा, बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त वव,बेलुका ५ बजेर ४८ मिनेट उप्रान्त बालव । आनन्दादिमा चर योग । चन्द्ररासि मेष । श्रीकृष्ण जन्मअष्टमी व्रत । अष्टमीव्रत । मोहरात्रि । मन्वादी ।
काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४१ मिनेट जादा । दिनमान ३२ घडी ५७ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउँने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ ।
शुभ अंक — १,४ शुभ दिशा — उत्तर
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुँनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुँनेछ । समयको ख्याल नगर्दा अरुभन्दा पछि परिने तथा अनाबस्यक ठाउँमा श्रम प्रयोग हुँनेछ ।
शुभ अंक — २,५ शुभ दिशा — पुर्व
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुँनेछ । अध्यनमा प्रगति हुँनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ ।
शुभ अंक — ३,९ शुभ दिशा — उत्तर
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुँनेछ । नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुँनेछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुँनेछ ।
शुभ अंक — ४,५ शुभ दिशा — पुर्व
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । व्यापारमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुँनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।
शुभ अंक — ५,९ शुभ दिशा — दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुँन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुँनेछन् । गोप्य कुराहरु बाहिर आउँन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । माया प्रेम तथा पति पत्निबिच अबिस्वास सिर्जना हुँन सक्छ अलि बढि सचेत हुँनुहोला । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । साझेदारि व्यावसायमा साझेदारहरु बिच मनमुटाब बढ्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुँनेछ । सवारि साधन बिग्रने तथा समयमा काम नबन्दा मानशिक तनाब बढ्नेछ भने आफन्तबाटनै धोका हुँनेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण
शुभ रंग — सुन्तला कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । चुनौतिको सामना गरि आर्थिक क्षेत्र सबल बनाउँन सकिनेछ भने महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।
शुभ अंक — ४,८ शुभ दिशा — पश्चिम
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुँनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुँनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।
शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण
शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।
शुभ अंक — १,७ शुभ दिशा — पश्चिम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । बिद्यामा सफलता प्राप्त हुँनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुँनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ ।
शुभ अंक — २,८ शुभ दिशा — उत्तर
शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुँनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्काको सहयोगले जीवन स्तर उन्नति गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेरै थेरै काम गर्न सकिनेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — उत्तर
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९ ओसनेपाल बाट

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

पुर्वी नेपालका युवा देखी जनताले नेत्रबिक्रम चन्द लाई ब्यारेजमा……..

हालै नेत्रबिक्रम चन्द ‘विप्लब ‘ नेतृत्वको नेकपा माओबादीले कोशी ब्यारेज तुरुन्त नखोले ब्यारेज ध्वस्त पर्ने चेतावनी दिएको छ ! विप्लब माओबादीका प्रबक्ता खड्ग बहादुर बिस्वकर्माले संबाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा हालै भईरहेको घटना भारतले कोशी ब्यारेज को ढोका नखोलेर यो सबै भारतकै कारण भैरहेको भन्दै लैनचौरमा रहेको भारतीय दुताबास पनि नरहने चेतावनी दिएका छन् ! तराइ डुवानमा छ, पहाड पहिरोमा छ। बाटोहरु
बन्दछन, आफ्नै नदीहरु थुनिएका छन्। देशमा धनजनको ठुलो क्षेती भैरहेको छ। यसको एउटा प्रमुख कारण हाम्रा नदीनालाहरुमा छिमेकी भारतले बाँधेका बाँधहरु द्वारा देशका नागरिकहरुले आपतविपत झेल्नु परेको छ। आर्को ठुलो विडम्बना, बाँध बाँधेर बन्द गरिएका ढोकाहरुको साँचो दिल्लीलाई थम्याएर चाहेको बेला ढोका खोल्न नपाउनु हामी नागरिकहरुका लागि ठुलो दुर्भाग्य बनेको छ। राज्यको यहि ठुलो गल्तिप्रति नागरिकहरु आक्रोस पोखिएका छन्।
सप्तकोशी र लक्ष्मणपुर सहित सीमा बाँधका ढोकाहरु भारतले नखोलिदिंदा दर्जनौं गाउँ डुवानमा परेका छन्, धेरैको मृत्यु भएको छ। कोशीको बहाव अझै बढी रहेको छ। परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय संग सप्तकोशी र लक्ष्मणपुर सहित सीमा बाँधका ढोकाहरु खोल्न आग्रह गरेतापनि अझै ढोका खोलिएको छैन। बिकल्प विहिन बनेका देशका नागरिकहरु अन्तिम बिकल्प खोज्दै, थुनिए ktmnepal
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

३ करोड नेपालीले हेर्नै पर्ने भिडियो “कोशि ब्यारेजका सम्पूर्ण ढोका तत्काल नखोले बम हानेर ध्वस्त पार्छौ”-विप्लव

हालै नेत्रबिक्रम चन्द ‘विप्लब ‘ नेतृत्वको नेकपा माओबादीले कोशी ब्यारेज तुरुन्त नखोले ब्यारेज ध्वस्त पर्ने चेतावनी दिएको छ ! विप्लब माओबादीका प्रबक्ता खड्ग बहादुर बिस्वकर्माले संबाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा हालै भईरहेको घटना भारतले कोशी ब्यारेज को ढोका नखोलेर यो सबै भारतकै कारण भैरहेको भन्दै लैनचौरमा रहेको भारतीय दुताबास पनि नरहने चेतावनी दिएका छन् !

Sunday, August 13, 2017

ट्राफिक जामबाट बच्न नदीमा पौडी खेलेर अफिस जान्छन् यी मानिस



 
ट्राफिक जाम ठूला सहरको चिनारी तथा मुख्य समस्या नै हो । बिहानै उठेर अफिस जानुपर्ने कामकाजी मानिसहरुका लागि ट्राफिक जामले हैरानै बनाउँदछ । जामका कारण समयमा अफिस वा कार्यस्थलमा पुग्न नपाउँदा खानुपर्ने खप्की तथा बेहोर्नुपर्ने घाटा र समस्याका कुरै नगरौँ ।

जामको यो समस्याबाट पार पाउनका लागि जर्मनीका एक व्यक्तिले गज्जबको समाधान निकालेका छन् ।
जर्मनीको म्युनिख सहरका बेन्जामिन डेभिड नामका यी व्यक्ति ट्राफिक जामको समस्याबाट पीडित थिए र प्रायः आफ्नो अफिसमा ढिला पुग्थे ।
तर अहिले उनले यो समस्याको सामना गर्नु पर्दैन । अहिले उनी अफिस जानका लागि सडकको जाम कुर्नु पर्दैन । उनी नदीको बाटो हुँदै जान्छन् ।
उनी दिनहुँ आफ्ना कपडा, ल्यापटप तथा जुत्ता एउटा वाटर प्रुफ झोलामा कोचेर सहरको बीचबाट बग्ने इसार नदी पौडी खेलेर पार गर्दछन् र अफिस जान्छन् ।
उनले दिनहुँ अफिस जान आउनका लागि २ किलोमिटर पौडिन्छन् ।
कतिपय मानिसहरु उनको यो कार्य देखेर हाँस्छन् पनि । तर उनलाई मानिसको खिसी देखि कुनै मतलब छैन । उनी यसैगरी अफिस जान रुचाउँछन् । आजकल जाम कुर्नु नपर्दा उनी सधै समयमै अफिस पुग्न थालेका छन् ।
एजेन्सी

Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...