Wednesday, August 28, 2013

चन्द्रमाको चट्टान राजधानीमा प्रदर्शन गरिने

काठमाडौँ ।
                   चन्द्रमाबाट ल्याइएको मेयर बसाल्ट नामको चट्टान राजधानीमा प्रर्दशन गरिने भएको छ । एभरेष्ट साईन्स सेन्टर सुनसरीले आगामी भदौ १३ गतेदेखि एक महिनासम्म राजधानीको राष्ट्रिय सभा गृहमा सो चट्टान प्रर्दशन गर्ने भएको हो । चन्द्रमामा पहिलो पाईला टेकेका अमेरिकी वैज्ञानिक नील आर्मस्ट्रङको जन्म भएको अगष्ट ५ र निधन भएको अगष्ट २५ तारेखको सम्झनामा ‘विज्ञानलाई सजिलोसँग बुझाउँदै’ भन्ने नाराका साथ सो चट्टान प्रदर्शन गरिन लागेको मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
प्रर्दशनीमा अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासासँग सम्झौता गरी ल्याएको चट्टानलगायत विभिन्न सामाग्रीका साथै साइन्स सेन्टरले तयार पारेको आकर्षक रोचक, ज्ञानवर्द्धक वैज्ञानिक प्रयोगहरुको प्रदर्शन गरिने छ । शान्ति वनदेखि चन्द्रमासम्म भन्ने नारा दिईएको प्रदर्शनीमा ज्याक स्मिटको नेतृत्वमा गएको अमेरिकी अन्तरिक्ष यान अपोलो १७ (१९७०) ले चन्द्रमाबाट ल्याएको ३ अर्व ७५ करोड बर्ष पुरानो चट्टानको सो टुक्रा १२० ग्रामको रहेको पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष डा. दिलिपकुमार अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीले अमेरिका, जापान, वेलायत जस्ता मुलुकहरुको आजको विकासको रहस्य विज्ञान र प्रविधि नै भएको उल्लेख गर्दै नेपालमा प्रथम पटक गरिने यस्तो दुर्लभ प्रदर्शनीले विज्ञानमा रुचि राख्ने विद्यार्थीहरुको लागि महत्वपूर्ण हुने दावी गरे । बजार व्यवस्थापक तथा प्रबर्द्धक तथा गो होलिडेज प्रालीका अध्यक्ष रामचन्द्र पौडेलले संसारका सामान्य मानिसले सहजै हेर्ने अवसर नपाउनेे चन्द्रमाको चट्टान अवलोकन गर्न पाउने अवसरलाई नछुटाउन आव्हान गरे । ( sources from onlinekhabar.com)

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...