Friday, July 13, 2012

बिहारका १४ लाख वालवालिका खुला आकाशमुनी पढ्छन्

बिहारका १४ लाख वालवालिका खुला आकाशमुनी पढ्छन्

असार २९ – भारतको विहार राज्यमा अझै पनि १४ लाख बालबालिका खुला आकाशमुनी पढ्न बाध्य रहेको योजना आयोगले जनाएको छ । विद्यालय भवनको अभावमा त्यति ठूलो संख्यामा बालबालिकाहरु खुला ठाउँमा बसेर पढ्न बाध्य भएका हुन् ।
आयोगको प्रतिबेदन अनुसार बिहारमा १३ हजार ८ सय विद्यालय, भवन विना नै सञ्चालन भएका छन्  । यस्तै १ सय ५० स्कुल टेन्टमा र ४ सय ५० स्कुल कच्ची भवनमा चलेका छन् । आयोगले अहिलेको अवस्था हेर्दा राज्य भरका स्कुलका लागि कम्तीमा पनि दुई लाख वटा कक्षा कोठा आवश्यक पर्ने जनाएको  छ ।
राज्यमा प्राथमिक विद्यालयको संख्या निकै कम रहेकाले ६ वटा प्राथमिक विद्यालयमा एक हजार बालबालिकाले पढ्नुपर्ने बाध्यता छ । विद्यालय कम भएपछि एउटा कक्षामा ८१ जना भन्दा बढी विद्यार्थीले पढ्ने गरेका छन् । जुन राष्ट्रिय औसत भन्दा ५० ले बढी हो ।
विद्यालय भवनसंगै ५६ हजार ४ सय ४ जना शिक्षकको पद खाली रहेको र राज्यका साँढे ६ प्रतिशत विद्यालय एक जना शिक्षकको भरमा चलिरहेका आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले विद्यालय शिक्षाको अवस्था सुधार्न विद्यालय भवन र शिक्षक बाहेक पिउने पानी, दिउँसोको खाजा तथा शौचालयको पर्याप्त व्यवस्था हुनुपर्नेमा पनि जोड दिएको छ ।

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...