Sunday, April 15, 2012

Bulbul


1 comment:

Youth Voice said...

बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाच्न वा ऊसंग ठट्टागर्न बेला बेला उर्को प्रेमलाई अनेक प्रकारले जाच्ने गर्थिन । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताब राखेपनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार भएर बस्थ्यो ।
एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लग्यो । ऊनले सिपाहीलाई बोलाएर भनिन तिमि मलाई साच्चै प्रेम गर्छु भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देउ नत्र म तिमीसंग प्रेम गर्दिन अर्कै राजकुमार संग बिहा गरेर गईदिन्छु । सिपाहीले हुन्छ सिबाए केहि भन्न नसकेर फर्कियो । राजकुमारीको बगैचामा सबै सेता गुलाबका मात्र बोट थिए । त्यो देसैभरी रातो गुलाबको बिरुवा थिएन । निराश सिपाही बगैचामै बसी बिरह गर्न थाल्यो ।
साझ पर्दै गएपछि एक जोडी बुलबुल चरा त्यहिँ बास बस्न आए । निराश सिपाहीको बिरह देखिर बुलबुल जोडीले सोधे के भयो तिमीलाई ? किन यसरि बिलाप गरिरहेका छौ सिपाही ? सिपाहीले आफ्नो समस्या बतायो । त्यसपछी बुलबुल जोडीले उसलाई बचन दिए असल प्रेम मर्नु हुन्न भोलि बिहान यहि बगैचामा राजकुमारीलाई लिएर आउनु रातो गुलाबको व्यवस्था हामि गरिदिने छौ ।
सिपाही आस्वस्त भएर घर फर्कियो । त्यस रात रातभरी राजकुमारीको बगैचामा प्रेम बिरहका गीत गजलहरू सुनिए । राजकुमारीको मन अत्यन्तै कोलाकित भयो । बिहान सबेरै सिपाही आयो राजकुमारीले सोधिन रातो गुलाब खोइ त ? सिपाहीले राजकुमारीलाई बगैचामा लिएर गयो । बगैचामा सबै गुलाबहरू राता भएका थिए । सिपाही र राजकुमारी अगाडी बढ्दै गए । बुलबुल चरिका जोडीहरू अझै गाउदै थिए बिरह गाना।
नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाबको बोटको काँडामा घोच्दै रगतले सेता गुलाबहरु रातो पार्दै थियो । पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाबहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो । भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाबका बोटबाट भूइँमा झरेर अमर भए ।

गीत र गजलमा आकाश जमीनको फरक छ । गजल के हो भन्ने बुझ्न, गजल के होइन, जान्नु जरुरी हुन्छ । उत्पतिका हिसाबले गजल नज्म र कसिदाको ढाँचासंग मेल खान्छ, तर कसिदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमा अरबले इरान माथि विजय प्राप्त गरेपछि अरब र इरानी संस्कृतिको परस्पर संकरण पश्चात् कसिदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर एउटा नयाँ विधाको जन्म दिए । अर्थात् गजल इरानीहरुको आविष्कार हो । तर यो आविष्कार दुइटा भिन्न संस्कृतिको विलय पश्चात् मात्र सम्भव भएको हो । त्यतिबेला इरानीहरुको धर्मप्रचारबाट जहाँ जहाँ इस्लाम धर्म पुग्यो त्यहाँ त्यहाँ गजल आफ्नो संपूर्ण विलक्षणता र रसहरुका साथ छाँया झैं प्रविष्ट भयो । पाक–भारतीय उपमहाद्वीपको साहित्यिक र साँस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ, त्यसैकारण गजल यस क्षेत्रको लोकप्रिया विधा बन्न गयो । गजलको लोकप्रियता यस क्षेत्रमा यति व्यापक हुन पुग्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टामा इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल यसैको ज्वलन्त उदाहरण हो ।

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...