Friday, July 13, 2012

अब पानी विना नै नुहाउन सकिने

अब पानी विना नै नुहाउन सकिने

  के तपाईलाई नुहाउन अल्छी लाग्छ ? नुहाउने पानीको समस्या परिरहेको छ ? चिन्ता नगर्नुहोस्, तपाईको यस्तै समस्यालाई समाधान गर्न दक्षिण अमेरिकाका लडविक मरिसेनले नयाँ नुहाउने जेलको आविस्कार गर्नुभएको छ । ड्राइबाथ नाम दिईएको यो जेलले पानी र साबुन दुवैको काम गर्छ । यो विश्वमा लोकप्रिय पनि हुँदै गइरहेको छ ।
 
२२ वर्षिय मरिसेनले यूनिभर्सिटी अफ केप टाउनमा अध्ययनरत् हुनुहुन्छ । उहाँलाई यो आविष्कार गर्ने सोच नुहाउन अल्छी गर्ने उहाँकै साथीले दिएका हुन् । कसैले पानी बिना नुहाउन सकिने उपाय निकाले पनि हुन्थ्यो भन्ने साथीको ठट्टालाई गम्भीर रुपमा लिएर उहाँले यो आविष्कार गर्नु भएको हो ।
यो अहिले विमान कम्पनीले लामो यात्रामा रहेका यात्रीको लागि र कतिपय सरकारले आफ्ना युद्ध मैदानमा रहेका सैनिकका लागि प्रयोग गरिरहेका छन् । यो उत्पादन अफ्रिका र विश्वका गरिब मुलुकहरु जहाँ साधारण स्वास्थ्य समस्या छ त्यहाँ काम लाग्छ । त्यस्तै पानीको समस्या भएको ठाँउमा पनि यो अति उपयोगी हुन्छ ।
६ महिना लगाएर आविश्कार गरिएको यो जेल हात धुन अरु जेल भन्दा फरक छ । यसले कुनै गन्ध निकाल्दैन र शरिरमा कोमलपन ल्याउँछ ।
- एजेन्सीको सहयोगमा

बिहारका १४ लाख वालवालिका खुला आकाशमुनी पढ्छन्

बिहारका १४ लाख वालवालिका खुला आकाशमुनी पढ्छन्

असार २९ – भारतको विहार राज्यमा अझै पनि १४ लाख बालबालिका खुला आकाशमुनी पढ्न बाध्य रहेको योजना आयोगले जनाएको छ । विद्यालय भवनको अभावमा त्यति ठूलो संख्यामा बालबालिकाहरु खुला ठाउँमा बसेर पढ्न बाध्य भएका हुन् ।
आयोगको प्रतिबेदन अनुसार बिहारमा १३ हजार ८ सय विद्यालय, भवन विना नै सञ्चालन भएका छन्  । यस्तै १ सय ५० स्कुल टेन्टमा र ४ सय ५० स्कुल कच्ची भवनमा चलेका छन् । आयोगले अहिलेको अवस्था हेर्दा राज्य भरका स्कुलका लागि कम्तीमा पनि दुई लाख वटा कक्षा कोठा आवश्यक पर्ने जनाएको  छ ।
राज्यमा प्राथमिक विद्यालयको संख्या निकै कम रहेकाले ६ वटा प्राथमिक विद्यालयमा एक हजार बालबालिकाले पढ्नुपर्ने बाध्यता छ । विद्यालय कम भएपछि एउटा कक्षामा ८१ जना भन्दा बढी विद्यार्थीले पढ्ने गरेका छन् । जुन राष्ट्रिय औसत भन्दा ५० ले बढी हो ।
विद्यालय भवनसंगै ५६ हजार ४ सय ४ जना शिक्षकको पद खाली रहेको र राज्यका साँढे ६ प्रतिशत विद्यालय एक जना शिक्षकको भरमा चलिरहेका आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले विद्यालय शिक्षाको अवस्था सुधार्न विद्यालय भवन र शिक्षक बाहेक पिउने पानी, दिउँसोको खाजा तथा शौचालयको पर्याप्त व्यवस्था हुनुपर्नेमा पनि जोड दिएको छ ।

Admision Open for M.Ed Level Let as many as prospective mathematics student know that admission to KU's MEd math program is open. Let prospective students know that we are having collaborations with US universities and the program is good for those who would like to make career in teaching and research locally and at international level.


Saturday, April 21, 2012

Kusoed In the Lens

hello,friends This is the kusoed activites.you can also visit www.kusoed.edu.np for more details

Monday, February 27, 2012

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...