वडा कार्यालय
बाटै सामाजिक सुरक्षा भत्ता वितरण
आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७९/८० को त्रैमासीक सामाजिक सुरक्षा भत्ता वितरणको लागी अशक्त ,अंपाग,र ज्येष्ठ नागरिकलाई लक्षित गरी कर्णाली विकास बैङ्कका कर्मचारी श्री रोशन वली र हेमराज बाँठा मगर खटिई वडा कार्यालयबाट भक्ता वितरण गरियौ । उक्त भत्ता वितरण कार्यक्रममा उपस्थित लाभग्राहि ज्येष्ठ नागरिक एकल महिला श्री दुजा वि.क ले भन्नुभयो “पहिले पहिले बैङ्कमा भत्ता प्राप्ती गर्दा बैङ्कमा धेरै समयसम्म लाइन लाग्नुपर्ने तथा धेरै सास्ती पाइन्थ्यो तर अहिले यसरी वडा कार्यालयमा उपस्थित भई भत्ता प्राप्त गर्दा हामी निकै हर्षित भइरहेको छौ” त्यसैक्रममा गढवा गा.पा .वडा नं ५ का वडा अध्यक्ष श्री लेख बहादुर थापा ज्यूले भन्नुभयो “आगामी दिनमा पनी वडा कार्यालयबाट भत्ता वितरण कार्यक्रम लाई निरन्तरता दिईरहनेछौ साथै बैङ्क बाट उक्त कार्यका लागी खटिई आउनुभएको कर्मचारीलाई धन्याबाद प्रदान गर्नुभयो ” । उक्त भक्ता वितरण कार्यक्रमबाट ३५ जना लाभग्राहीले वडा कार्यालयमा उपस्थित भई भत्ता प्राप्त गर्नुभयो ।
तस्विर :
